Logo

२०८३, कार्तिक २१ गते शुक्रवार

२०८३, कार्तिक २१ गते शुक्रवार

यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार शेर्पा र मगरलाई

यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार शेर्पा र मगरलाई

  • 428
    SHARES
  • यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार शेर्पा र मगरलाई

    काठमाडौं । मदन भण्डारी फाउण्डेसनले हरेक वर्ष प्रदान गर्दै आइरहेको मदन भण्डारी राष्ट्रिय पुरस्कार यस वर्ष सोलुखुम्बुका डा.मिङमार गेल्जेन शेर्पाले पाउने भएका छन् ।

    मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मदन भण्डारी फाउण्डेसनले राष्ट्रिय पुरस्कार शेर्पाले र मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार मकवानपुरको निरु कुमारी मगरलाई प्रदान गर्ने निर्णय गरिएको जानकारी दिएको हो ।

    राष्ट्रिय पुरस्कार छनोट समिति संयोजक रामशरण प्याकुरेलले दुवै पुरस्कारको राशि एक/एक लाख रुपैयाँ हुने जानकारी दिए ।

    आफ्नो सेवाको अधिकांश समय स्वास्थ्य सेवाको क्षेत्रमा संलग्न रही, देशका दुर्गम स्थानका गरिब, असहाय तथा सेवाको पहुँचबाट बन्चित रहेको समुदायलाई सेवा पुर्याएबापत शेर्पालाई पुरस्कृत गर्न लागिएको फाउन्डेसनले जनाएको छ ।

    विगत ४५ वर्षदेखि निरन्तर मातृ मृत्युदर घटाउन, आधारभूत स्वास्थ्य सेवाको सहज पहुँच उपलब्ध गराई स्वास्थ्य सेवाको निरन्तरता र दिगोपनाका लागि स्वास्थ्य सेवा प्रणालीको संस्थागत विकास तथा विस्तारमा शेर्पाको योगदान रहेको बताइएको छ ।

    त्यस्तै राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका खेलाडीहरूको नयाँ पुस्ता तयार गर्ने कार्यमा हालसम्म पनि निरन्तर योगदान पुर्याएकोले मगरलाई मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार दिने निर्णय गरिएको फाउन्डेसनले जनाएको छ ।

    खेलकुद क्षेत्रको संस्थागत विकास तथा विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने कार्यमा उत्कृष्ट नमूना प्रस्तुत गर्न सफल महिला व्यक्तित्वको रुपमा मगरलाई पुरस्कृत गर्न लागिएको बताइएको छ ।

    दुबै पुरस्कार ७२औं मदन जयन्तीको अवसरमा यही असार १४ गते राष्ट्रियसभामा आयोजना हुने विशेष कार्यक्रममा प्रदान गरीनेछ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij