Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

कञ्चनपुरमा डेढ लाख बालबालिकालाई दादुराविरूद्धको खोप

कञ्चनपुरमा डेढ लाख बालबालिकालाई दादुराविरूद्धको खोप

  • 275
    SHARES
  • कञ्चनपुरमा डेढ लाख बालबालिकालाई दादुराविरूद्धको खोप

    कञ्चनपुर । कञ्चनपुरमा एक लाख ४७ हजार ४५३ बालबालिकालाई दादुरा र रुबेलाविरूद्धको खोप लगाइएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जेठ अन्तिम साता सञ्चालन गरेको खोप अभियानमा लक्ष्यभन्दा ३० हजार बढी बालबालिकाले खोप लगाएका हुन् ।

    स्वास्थ्य कार्यालयले छ महिनादेखि १५ वर्षमुनिका एक लाख १८ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य राखेको कार्यालयका कोल्ड चेन अधिकृत जनक कुँवरले बताए ।

    उनले भने, ‘हामीले राखेको लक्ष्यभन्दा धेरै बढी बालबालिकालाई खोप लागएका छौँ । अहिले पनि छुटेका केही बालबालिकालाई खोप लगाइराखेका छौँ ।’

    उनका अनुसार ६ महिनादेखि पाँच वर्षमुनिका ३९ हजार तीन सय ९३ र पाँच वर्षदेखि १५ वर्षमुनिका एक लाख आठ हजार ६० बालबालिकाले खोप लगाएका हुन् ।

    खोप अभियानका लागि जिल्लाभरिमा ५६५ केन्द्र तोकिएको उनले बताए । दादुरा र रुबेलाविरुद्ध छ महिना र १५ महिनामा गरी दुई पटक नियमित खोप लगाउने गरिन्छ ।

    जिल्लामा कतिपय बालबालिकालाई नियमित खोपसमेत नलगाइएका कारण दादुराको प्रकोप फैलिने जोखिम बढेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

    दुई महिनाअघि यहाँको कृष्णपुर नगरपालिकामा ३३ जना दादुरा संक्रमित देखिएपछि स्वास्थ्य कार्यालयले खोप अभियान सञ्चालन गरेको हो । सरकारले सन् २०२६ सम्म दादुरा निवारण गर्ने लक्ष्य राखेको छ ।

  • सम्बन्धित विषय:

  • # कञ्चनपुर

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij