Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

सुनकोशी नदीमा तैरिएकाे अवस्थामा तीन शव फेला

सुनकोशी नदीमा तैरिएकाे अवस्थामा तीन शव फेला

  • 666
    SHARES
  • सुनकोशी नदीमा तैरिएकाे अवस्थामा तीन शव फेला

    सिन्धुली । सुनकोशी नदीअन्तर्गत सिन्धुली जिल्लामा तीन शव भेटिएका छन् । आज साँझसम्म पानीको सतहमा तैरँदै गरेका अवस्थामा शव भेटिएका हुन् ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाका अनुसार सिन्धुलीको सुनकोशी गाउँपालिका-५ मूलकोट, सुनकोसी -६ कानढुङ्ग्री र फिक्कल गाउँपालिका-६ रत्नावतीमा बेवारिसे शव फेला परेका हुन् ।

    कानढुङ्ग्री र मूलकोटमा पुरुषको शव भेटिएको र रत्नावतीमा भेटिएको शवको पहिचान हुन बाँकी रहेको नायब उपरीक्षक लामाले जानकारी दिए । सुनकोशीमा देखिएको शव निकाली परीक्षणका लागि सिन्धुलीमाढी पठाइएकाे पनि उनले जानकारी दिए ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij