Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

बंगलादेशमा डेङ्गुबाट जुनमा मात्र ३४ जनाको मृत्यु

बंगलादेशमा डेङ्गुबाट जुनमा मात्र ३४ जनाको मृत्यु

  • 220
    SHARES
  • बंगलादेशमा डेङ्गुबाट जुनमा मात्र ३४ जनाको मृत्यु

    एजेन्सी । बंगलादेशमा जुन महिनामा डेंगुका घटनामा उल्लेख्य वृद्धि भएको छ ।

    स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशनालय (डीजीएचएस)ले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार पाँच हजार ७३२ जनामा डेंगुको संक्रमण देखिएको छ भने ३४ जनाको मृत्यु भएको छ ।

    बंगलादेशमा यस वर्ष डेंगुका बिरामीको संख्यामा  सात हजार ७५४ पुगेको छ । स्थानीय समयअनुसार मंगलबार बिहान ८ बजेसम्मको २४ घण्टामा ढाकामा १०४ सहित कूल १४५ जना डेंगुका नयाँ बिरामी फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    डेंगुका कारण मंगलबार दुई जनाको मृत्यु भएको छ भने जुन महिनाभरिमा ३४, मेमा दुई, अप्रिलमा दुई, फेब्रुअरीमा दुई र जनवरीमा छ जनाको मृत्यु भएको महानिर्देशनालयले जनाएको छ ।

    बंगलादेशमा गत (मे) महिनामा एक हजार ३६ जनामा डेंगुको संक्रमण देखिएको थियो तर जुनमा यो संख्यामा उल्लेख्य वृद्धिपछि थप पाँच हजार ७३२ जनामा डेंगुको संक्रमण देखिएको थियो ।

    सन् २०२३ को पुस २७ देखि जेठ २७ गतेसम्म देशभरका विभिन्न अस्पतालबाट छ हजार २९७ जना डेंगुका बिरामी उपचारपछि घर फर्केका छन् ।

    बंगलादेशको राजधानी ढाकामा लामखुट्टेको टोकाइबाट सर्ने यो रोग तीव्र गतिमा बढिरहेको छ । लामखुट्टेको टोकाइबाट सर्ने रोगको उच्च जोखिममा रहेको बंगलादेशमा जुन-सेप्टेम्बर को मनसुन अवधि डेंगु ज्वरोको मौसम हो ।

    बंगलादेश सरकारले एडिस जातका लामखुट्टेबाट सर्ने यो रोगको प्रकोप नियन्त्रणका लागि थप समन्वयात्मक प्रयासका लागि राज्यका निकायहरूलाई आग्रह गरिसकेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij