Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

भारतमा कोरोना संक्रमणको दोस्रो लहरमा ७ सयबढी डाक्टरको मृत्यु

भारतमा कोरोना संक्रमणको दोस्रो लहरमा ७ सयबढी डाक्टरको मृत्यु

  • 835
    SHARES
  • भारतमा कोरोना संक्रमणको दोस्रो लहरमा ७ सयबढी डाक्टरको मृत्यु

    नयाँ दिल्ली । भारतमा मेडिकल एजुकेशन एवं डाक्टरको प्रतिनिधित्व गर्ने संस्था इन्डियन मेडिकल एसोसिएशन (आइएमए) ले कोरोना भाइरस महामारीको दोस्रो लहरमा ७ सय ३० डाक्टरको मृत्यु भएको पुष्टि गरेको छ ।

    आइएमएका अनुसार सबैभन्दा धेरै डाक्टरको मृत्यु बिहारमा भएको छ । त्यहाँ ११५ जना डाक्टर कोरोना संक्रमणको शिकार भएका छन् । दिल्लीमा पनि १०५ जना डाक्टरको मृत्यु भएको छ ।

    तथ्यांकअनुसार उत्तर प्रदेशमा ७९, पश्चिम बंगालमा ५१, राजस्थानमा ४३, झारखण्डमा ३९, आन्ध्र प्रदेशमा ३८, तेलगंनामा ३७, ओडिशामा ३१, केरलामा २४, महाराष्ट्रमा २३ र कनार्टकमा ९ डाक्टरको कोरोना संक्रमणबाट मृत्यु भएको छ । 

    भारतमा केही साता यता दाेस्राे लहरकाे संक्रमण विस्तारै कम हुँदै गएकाे छ । पछिल्ला नाै दिनमा भारतमा संक्रमणदर ५ प्रतिशतले घटेकाे भारतीय स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । मन्त्रालयकै अनुसार संक्रमणबाट निकाे हुने दर बढेर ९५ प्रतिशत पुगेकाे छ । 

    काेराेना भाइरसकाे महामारी सुरू भएदेखि हालसम्म तीन लाख ८० हजार मानिसले ज्यान गुमाएका छन् भने दुई ९६ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । 

    भारतमा दोस्रो लहरको कोरोना संक्रमण निरन्तर ओरालो लाग्दै भारतमा दोस्रो लहरको कोरोना संक्रमण निरन्तर ओरालो लाग्दै भारतमा कोरोनाविरुद्धको खोपका कारण मृत्यु भएको पुष्टि भारतमा कोरोनाविरुद्धको खोपका कारण मृत्यु भएको पुष्टि कोरोनाकाे दोस्रो लहरबाट मुक्त हुँदै भारत  कोरोनाकाे दोस्रो लहरबाट मुक्त हुँदै भारत 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij