Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

बिमारीको मौसम अर्थात् वर्षा, यी रोग लाग्नबाट बचौं 

बिमारीको मौसम अर्थात् वर्षा, यी रोग लाग्नबाट बचौं 

  • 1.1K
    SHARES
  • बिमारीको मौसम अर्थात् वर्षा, यी रोग लाग्नबाट बचौं 

    काठमाडौं । वर्षा सुरु भएको छ । वर्षायाममा पूर्व जानकारी विना विभिन्न रोगहरु लाग्ने गर्छ । तर, हामीले विशेष सावधानी अपनायौं भने रोगव्याधीबाट सजिलै बच्न सक्छौं । लगातारको झरीले नदिनालामा बाढी आउने र बस्ती आसपासका खाल्टाखुल्टीमा पानी जमेको देख्न सकिन्छ । यस्तो मौसममा रोगव्याधी फैलने संभावना बढी हुन्छ । यसले गर्दा लामखुट्टे लाग्ने, ब्याक्टेरिया पैदा हुने हुन्छ । बिमारी फैलाउने तत्व सक्रिय हुने भएकाले हामीले स्वास्थ्यको लागि विशेष चनाखो हुनु जरुरी छ ।

    images

    वर्षाको कारणले घरभित्र ओसिलोपन हुन्छ । ओसिलोपनको कारणले ब्ल्याक फंगल (कालो ढुसी) को संक्रमण फैलिने जोखिम पनि हुन्छ ।  ब्ल्याक फंगल धेरैजसो गर्मीयाममा बढी फैलिएको पाइन्छ  । तर वर्षातको समयमा पनि यसको जोखिम भने उतिकै रहन्छ ।  कोरोनाकालकै बेला अन्य बिमारी पनि फैलँदा झन समस्या हुन्छ । त्यसैले हामीले सरसफाईमा ध्यान दियौं भने विभिन्न खाले रोग लाग्नबाट बच्न सक्छौं ।

    वर्षाका बेला हुनसक्ने रोगहरु

    रुघाखोकी
    सामान्य रुघाखोकी मौसम परिवर्तनसँगै वातावरणमा रहेका किटाणुका कारणले हुने गर्छ । किटाणुहरु हावा र पानीको सहायताले एक ठाउँबाट अर्को ठाउँमा फैलिने हुन्छन् । रुघाखोकी कस्तो प्रकारको हो त्यो भाइरसको प्रकारमा भर पर्दछ । 

    वर्षातको समयमा धेरजसो व्यक्तिलाई समान्य रुघाखोकी र ज्वरो आउँछ । तर कसैलाई भने खोकी र जोर्नीको दुखाईसमेत हुनेगर्छ । भाइरल इन्फेक्सन तीन वा सातदिनसम्म रहन्छ । 

    यसबाट कसरी बच्ने ?

    सामान्य रुघाखोकीबाट बच्न हामीले हाम्रो सरसफाईमा विशेष ध्यान पुर्याउन आवश्यक हुन्छ । 
    खाना खानुपूर्व साबुन पानीले हात धुने,

    बासी खाना नखाने,
    ताजा फलफूलमा जोड दिने,

    वर्षाको पानीमा नभिज्ने,

    भिजीहालेमा तुरुन्त कपडा बदल्ने,

    घरबाहिरको खाना नखाने,

    भिडभाडबाट टाढा रहने,

    मास्क अनिवार्य लगाउने । 

    लामखुट्टेबाट सर्ने रोग

    चिकनगुनिया र डेंगू लामखुट्टेको टोकाइबाट सर्ने रोग हुन् । यी रोग लागेपछि जोर्नी दुखाईकासाथै तीव्र रुपमा ज्वरो पनि आउँछ । यससँगै व्यक्तिलाई वान्ता र टाउको दुखाई पनि हुन्छ । डेंगू भएमा सुरुमा अत्यधिक ज्वरो आउँछ । यसकासाथै टाउको दुख्ने र आँखाको पछाडी दुखेको महशुुस हुन्छ ।  चिकनगुनियामा जोर्नि दुखाई अत्यधिक हुन्छ । तर दुवै रोगमा सुरुको दुई वा तीन दिनमा ज्वरो अत्यधिक आउने हुन्छ । 

    लक्षण
    टाउको दुखाई,

    ज्वरो,

    थकावट,

    जोर्नी दुख्ने हुन्छ । 

    बच्ने तरिका

    घरको सरसफाईमा विशेष ध्यान दिनुपर्छ । घरमा भएका गमला, कूलर, टायरमा धेरै दिनसम्म पानी जम्न दिनुहुँदैन । धेरै समयसम्म पानी जम्दा लामखुट्टे आउँछन् । लामखुट्टे टोकाइबाट बच्न हत्केलासम्म छोप्ने कपडा लगाउनु पर्छ । यस्तो समयमा बालबालिकाको विशेषतह हेरचाह गर्नुपर्छ । 

    मलेरिया 

    अत्यधिक टाउको दुख्ने, तीव्र रुपमा ज्वरो आउने र थरथर काँप्ने मलेरियाका लक्षण हुन् ।  यसपछि निश्चित समयपछि ज्वरो आउने गर्छ । यस्ता लक्षण देखिएपछि तुरुन्त चिकित्सकहाँ जचाँउन जानुपर्छ । 

    मलेरिया एनोफिलीज महिला लामखुट्टेको टोकाईबाट हुन्छ । यसले टोक्दा यसमा भएका मलेरियाका किटाणु हाम्रो शरीरभित्र पस्छन् । हाम्रो शरीरभित्र गएको १४ दिनपछि अत्यधिक ज्वरो आउँछ । एनोफिलीज लामखुट्टे वर्षातको समयमा बढी भेटिन्छ ।

    लक्षण
    थरथर काँप्ने ज्वरो आउने,

    जाडो हुने,

    टाउको दुखाई,

    वान्ता हुन्छ । 

    बच्ने तरिका 

    लामखुट्टेलाई भगाउने मेसिन तथा औषधिको प्रयोग गर्नुपर्छ । घरआगँन वरिपरी पानी जम्मा हुन दिनुहुँदैन । पानी जम्मा भएको ठाउँमा किटनाशक औषधिको प्रयोग गर्नुपर्छ ।

    हेपटाइटिस ए 

    वर्षातको समयमा हेपटाइटिस ‘ए’ हुने सम्भावना बढी हुन्छ । हेपाटाइटिस ‘ए’ एक संक्रामक रोग हो । हेपटाइटिस ‘ए’ भनेको फोहार पानीबाट सर्ने वा साधारण जन्डिस देखिने हेपाटाइटिस हो ।
    यो रोगको किटाणु दुषित खानेकुरा र नउमालेको वा बिना फिल्टरको पानी पिउँदा हाम्रो शरीरभित्र जान्छन् । 

    लक्षण

    हलुका ज्वरो आउनु,

    भोक हराउने,

    थकावट महशुस हुने,

    निन्द्रा अधिक लाग्नु,

    आँखा, नङ पहेंलो हुन्छन् । 

    यसबाट कसरी बच्ने ?

    सरसफाईमा विशेष ध्यान दिने,

    नियमित पानी उमालेर वा फिल्टर गरेर खाने ,

    घरबाहिरको खानेकुरा नखाने,

    सार्वजनिक शौचालय ध्यानपूर्वक र सावधानीका उपाय अपनाएर प्रयोग गर्नुपर्छ ।

    भाइरल इन्फ्लुएन्जा 

    वर्षातको समयमा भाइरल इन्फ्लुएन्जा फैलिरहेको हुन्छ । यस अवस्थामा रुघाखोकी, ज्वरो आउने र जोर्नी दुखाई हुन्छ । यी लक्षण सामान्य फ्लूका पनि हुन्छन् । फ्लू पाँच वा सातदिनसम्म रहन्छ । औषधिको प्रयोग पश्चात पनि ठिक हुन समय लाग्छ । रुघाखोकी ठिक हुन १० देखि १५ दिनसम्म लाग्न सक्छ ।
    लक्षण

    ज्वरो,

    रुघाखोकी,

    जार्नीमा दुखाई हुन्छ । 

    जोगिने तरिका
    भिडभाड भएको ठाउँमा जानुहुँदैन । भिडभाडमा जाँदा एक व्यक्तिले खोक्दा, हाँछ्यौं गर्दा संक्रमण अर्को व्यक्तिमा सर्ने गर्छ । हातको सरसफाईमा विशेष ध्यान दिनुपर्छ । भिडभाडमा जाँदा मास्कको अनिवार्य प्रयोग गर्नुपर्छ । फ्लूबाट बच्नको लागि खोप पनि लगाउनुपर्छ । यो रोग हरेक वर्ष आउँछ जान्छ त्यसैले हामीले समयमै खोप लगाएर यसबाट बच्न सकिन्छ । खोप लगाएपछि फ्लू भइहाले पनि असर कम हुन्छ । 

    टाइफाइड
    टाइफाइड ज्वरो वर्षातको समयमा बढी हुनसक्छ । यो साल्मानेला टाइफी ब्याक्टेरियाका कारणले हुन्छ । 

    फोहोर खाना तथा फोहोर पानी पिउनाले टाइफाइड हुन्छ । यसकासाथै संक्रमितको सम्पर्कमा आएपछि पनि टाइफाइड हुने गर्छ ।

    लक्षण

    टाउको दुख्ने,

    शरीर दुख्ने,

    ज्वरो,

    भोक हराउने,

    कब्जियत,

    डायरिया हुन्छ ।

    बच्ने उपाय

    उमालेको वा फिल्टर पानी पिउनुपर्छ,

    घर बाहिरको खाना खानुहुन्न,

    खानेकुरा छोपेर राख्नुपर्छ,

    दिनमा ३ देखि ४ लिटरसम्म पानी पिउनुपर्छ,

    फलफूलको जुस, नरिवल पानी, झोलिलो खानेकुरामा बढी जोड दिनुपर्छ । 

    फंगस 
    फंगस हावामा रहन्छ । हामीले यसलाई हाम्रो बेड वा तन्नामा कालो रुपमा देख्न सक्छौं । यो फंगस हाम्रो नाकको माध्यमबाट हाम्रो शरीरभित्र गएपछि रोग तीव्र रुपमा फैलिने सम्भावना हुन्छ ।

    बच्ने उपाय 
    खानेकुरा ढाकेर राख्नुपर्छ,

    चिसोकुरा खानबाट बच्नुपर्छ,

    धेरै तैलिय खानेकुरा खानुहुन्न,

    नियमित रुपमा दिनमा दुई पटक दाँत माझ्नुपर्छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology