Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

खडेरीले धानको उत्पादनमा कमी आउने अनुमान

खडेरीले धानको उत्पादनमा कमी आउने अनुमान

  • 199
    SHARES
  • खडेरीले धानको उत्पादनमा कमी आउने अनुमान

    बारा । लामो समयदेखि वर्षा नभई खडेरी परेको हुँदा भदैया धानको उत्पादन हुने क्षेत्रफलमा किसानले रोपाइँ गर्न नसक्दा उत्पादनमा कमी आउने भएको छ ।

    आर्थिक वर्ष २०८०/८१ का लागि कृषकले विभिन्न जातका भदैया धान ११ हजार नौ सय पाँच हेक्टर क्षेत्रफलमा खेती गर्ने लक्ष्य लिएकोमा खरेडी पर्दा र समयमा धानको बीउ तयार हुन नसकेकाले हालसम्म कृषहले १० प्रतिशत मात्र रोपाइँ गर्न सकेको कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत राजनारायण प्रसादले जानकारी दिए ।

    भदैया धानको क्षेत्रफलमा कमी भए पनि अगहनी धानको क्षेत्रफलमा भने वृद्धि हुने उनले बताए । गत वर्ष कृषकले विभिन्न जातका भदैया धान ११ हजार नौ सय पाँच हेक्टर क्षेत्रफलमा प्रति हेक्टर चार दशमलव तीन प्रतिशतले धान उत्पादन भएको कृषि ज्ञान केन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिए ।

    कलैया उपमहानगरपालिका-१४ भैराका किसान गोपालदास बैरागी र कलैया उपमहानगरपालिका-२ का किसान प्रभु यादवका अनुसार खरेडीका कारणले अहिलेसम्म रोपाइँ हुनुपर्ने बेलामा बीउ नै रोपाइँ योग्य नभएको हुँदा आफूहरूलाई समस्या भएको बताए ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij