Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

सर्लाहीका बजारमा विषादीयुक्त आँप छयाप्छयाप्ती

सर्लाहीका बजारमा विषादीयुक्त आँप छयाप्छयाप्ती

  • 786
    SHARES
  • सर्लाहीका बजारमा विषादीयुक्त आँप छयाप्छयाप्ती

    काठमाडाैं । सर्लाहीका बजारहरूमा स्वास्थ्यका दृष्टिकोणले हानिकारक मानिने कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण भइरहेको छ ।

    स्थानीय किसानहरूको बगैँचामा फलेको आँप असारको तेस्रो सातापछि मात्र पाक्ने भएपछि व्यापारीहरूले कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण गर्न सुरु गरेका हुन् ।

    भारत तथा नेपालका विभिन्न स्थानमा रहेका फलफूलका गोदाममा कार्बाइड प्रयोग गरी पकाएका आँपहरू जिल्ला सदरमुकाम मलंगवासहित हरिपुर, बरथवा, वयलवास, हरिवन र लालबन्दीलगायतका बजारका साथै गाउँ-गाउँमा समेत विक्री वितरण भइरहेको स्थानीयवासी रमेश अधिकारीले बताए ।

    विषादी हालेर पकाइको आँपका कारण स्वास्थ्यमा जोखिम बढेको लालबन्दी नगरपालिका-६ का सुरेश बस्नेतले बताए । उनकाअनुसार विषादी हालेर पकाइएको आँप खाँदा उनको छोरो दुई/तीन दिनदेखि बिरामी परेको छ । नौ वर्षीय छोरो श्रीजलले झाडापखाला तथा बान्ता गरेको उनले बताए ।

    यसरी विभिन्न विषादी प्रयोग गरेर पकाइएको आँप स्वास्थ्यका लागि हानिकारक हुने भएकाले खान नहुने प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीका प्रमुख डा.प्रगति राना मगरले बताइन् ।

    कार्बाइड प्रयोग गरिएको आँप खाँदा छालाको रोग, पेट दुख्ने, बान्ता हुनेलगायत स्वास्थ्य समस्या हुने भएकाले यस्तो आँप नखान डा.रानाले सुझाव दिइन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij