Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

अर्थतन्त्रको विकासमा समाजवादी व्यवस्था महत्त्वपूर्ण : अध्यक्ष नेपाल

अर्थतन्त्रको विकासमा समाजवादी व्यवस्था महत्त्वपूर्ण : अध्यक्ष नेपाल

  • 223
    SHARES
  • अर्थतन्त्रको विकासमा समाजवादी व्यवस्था महत्त्वपूर्ण : अध्यक्ष नेपाल

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले मुलुकमा सामाजिक न्याय, समानतासहितको आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न समाजवादी व्यवस्था महत्त्वपूर्ण हुने बताए ।

    पार्टी निकट स्याङ्जा–काठमाडौं सम्पर्क मञ्चको ऐतिहासिक १३औँ सम्मेलनमा अध्यक्ष नेपालले जनताको चाहनाअनुसार शासन व्यवस्था सञ्चालन गरी देश विकास तथा समृद्धि कायम गर्न सकिने बताए ।

    राज्यको मूलधारमा आउन नसकेका नागरिकलाई समावेशी र समानुपातिक प्रतिनिधित्वका आधारमा समेटेर अगाडि बढाउन समाजवादको विकल्प नरहेको उल्लेख गरे ।

    पार्टी पोलिटब्यूरो सदस्य कमरेड दिलु पन्तले सुशासन कायम गर्न संस्थागत बेथिति र भ्रष्टाचारको अन्त्य गर्नुपर्नेमा जोड दिए । सम्मेलनले राजेन्द्र क्षेत्रीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

    कार्यसमितिको उपाध्यक्षद्वयमा बिनिता ढकाल र सागर पङ्गेनी, सचिवमा कृष्णकुमार विक (आँसु), सहसचिवमा विवेक भट्टराई र कोषाध्यक्षमा बुद्धिमान श्रेष्ठ रहेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij