वेबटिभी खबर
नयाँ दिल्ली । यस वर्ष अप्रिल १ देखि ३० सम्म कुम्भमा हरिद्वारका दुई निजी प्रयोगशालामा एक लाखभन्दा बढी कोरोना परीक्षण रिपोर्टहरू नक्कली भएको फेला परेको छ । एकातिर यसमा ठूलो आर्थिक घोटाला भएको र अर्कोतिर नक्कली रिपोर्ट बनाएर जनस्वास्थ्यमाथि खेलवाड गरिएको भन्दै यसको अनुसन्धान अघि बढाइएको छ ।
कुम्भ मेलाका क्रममा हरिद्वारका धेरै भक्तजनहरुलाई परीक्षण गरेर कोरोना संक्रमण नभएको भन्ने नक्कली रिपोर्ट दिइएको थियो । अझ यसमा विशेष त त्यस अवधिमा हरिद्वारमा कोरोना संक्रमणदर राज्यका अन्य जिल्लाहरूको तुलनामा कम देखिएको थियो । यस घटनामा नैनीताल उच्च अदालतमा मुद्दा दायर गरेर अनुसन्धानको माग गरिएको छ ।
कोरोना परीक्षण नै नगराएका व्यक्तिहरुलाई पनि कोरोना परीक्षणको नकारात्मक रिपोर्ट पठाएपछि यस धन्दाको पोल खुलेको हो । भारतीय चिकित्सा अनुसन्धान परिषद आईसीएमआरलाई प्राप्त गुनासोको आधारमा उत्तराखण्ड स्वास्थ्य विभागले यसबारे अनुसन्धान सुरु गरेपछि एक लाखभन्दा बढी मानिसको परीक्षण नै नगरी रिपोर्ट बनाइएको पत्ता लाग्यो ।
अनुसन्धान गरेको अधिकारीहरुको एक समितिले अबको दुई सातापछि पूर्ण प्रतिवेदन सार्वजनिक गर्ने बताएको छ । नैनीताल उच्च अदालतले १ देखि ३० अप्रिलसम्म दैनिक ५० हजारका दरले कोरोना परीक्षण गर्न निर्देशन दिएको थियो ।
भारतमा काेराेना भाइरसकाे दाेस्राे लहर फैलिनुमा कुम्भ मेला एक मुख्य कारण मानिएकाे छ । अप्रिलमा भएकाे कुम्भ मेलामा लाखाैंकाे संख्यामा मानिसहरू स्नानका लागि भेला भएका थिए । त्यसलगत्तै भारतमा संक्रमण अत्यधिक बढेकाे थियाे ।
हरिद्वारको कुम्भ मेलाबाट नेपाल फर्किएका ७५ प्रतिशतमा कोरोना संक्रमण पुष्टि
हरिद्वार कुम्भबाट फर्किने सबै १४ दिन अनिवार्य क्वारेन्टिनमा
कुम्भ मेलामा सहभागी ३० जना साधु कोरोना संक्रमित
कुम्भ मेलामा कोरोनाका कारण
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij