Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

पशुपति क्षेत्रमा साउन महिनाको तयारी सुरु

पशुपति क्षेत्रमा साउन महिनाको तयारी सुरु

  • 325
    SHARES
  • पशुपति क्षेत्रमा साउन महिनाको तयारी सुरु

    काठमाडौं । पशुपति क्षेत्र विकास कोषले साउन महिनामा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि सहजरूपमा दर्शन गराउन तयारी सुरु गरेको छ ।

    साउन महिना भगवान् शिवको महिना भएकाले विश्वभरबाट लाखौँ भक्तजन पशुपति क्षेत्रमा पूजा आराधना एवम् दर्शनका लागि आउने गर्छन् ।

    देश एवम् विदेशबाट आउने भक्तजनलाई सहजरूपमा दर्शन गराउन तयारी सुरु गरिएको कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले जानकारी दिए ।

    यस वर्ष साउनमा अधिकमास परेपनि प्रत्येक वर्ष साउनमा गरिने भगवान् पशुपतिनाथको नित्य एवम् नैमित्तिक पूजामा कुनै प्रभाव नपर्ने उनले बताए ।

    भगवान् शिव व्यष्टि र समष्टि दुवैका देवता भएकाले अधिकमासले भगवान् शिवको नित्य पूजामा फरक नपर्ने कोषले जनाएको छ ।

    अपव्यय सबै शिवले नै लिनुहुने भएकाले पनि साउनमा गरिने शिवको पूजा अधिकमासका कारण नरोकिने जनाइएको छ । साउनको पनि सोमबारका दिन पशुपति क्षेत्रमा लाखौँ भक्तजनको भीड लाग्ने गर्छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij