Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

काठमाडौं उपत्यकामा बिहानैदेखि वर्षा सुरु

काठमाडौं उपत्यकामा बिहानैदेखि वर्षा सुरु

  • 199
    SHARES
  • काठमाडौं उपत्यकामा बिहानैदेखि वर्षा सुरु

    काठमाडौं । काठमाडौं उपत्यकासहितका केही जिल्लाहरूमा बिहानैदेखि वर्षा सुरु भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ ।

    हाल गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

    बाग्मती, कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    साथै कोशी र गण्डकी प्रदेशको एक/दुई स्थानमा मेघ-गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij