Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

भेरोसेल खोप खरिद प्रक्रिया अगाडि बढाइने

भेरोसेल खोप खरिद प्रक्रिया अगाडि बढाइने

  • 546
    SHARES
  • भेरोसेल खोप खरिद प्रक्रिया अगाडि बढाइने

    काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको भेरोसेलको ४० लाख डोज खोप खरिद गर्ने भएको छ ।

    images

    चीनको सिनोफर्म कम्पनीले उत्पादन गरेको भेरोसेल खोप सरकारले खरिद प्रक्रिया अघि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुमति दिएको छ । उक्त खोप साउनभित्रमा ल्याइसक्ने सरकारको योजना छ ।

    नेपालले खोप खरिदका लागि प्रस्ताव गर्दा चिनियाँ कम्पनीले मूल्यलगायतका विषय सार्वजनिक नगर्ने गरी ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ गर्नुपर्ने बताएको थियो । साेही कारण स्वास्थ्य सेवा विभागले खरिद प्रक्रिया अघि बढाउन सकेको थिएन ।

    अन्य कम्पनीसँग खरिद प्रक्रिया अघि नबढेपछि चिनियाँ प्रस्तावअनुसार नै सरकार  ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ गर्न सहमत भएको हो । यद्यपि नेपालको कानुनले ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ गर्न अनुमति दिँदैन । 

    कोभिड-१९ निर्देशक समितिको बैठकमा प्रधानमन्त्री ओलीले बुधबार (२ असार) कोभिड नियन्त्रणका लागि खोप अनिवार्य भएको भन्दै खोप खरिद प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology