Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार

पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार

  • 890
    SHARES
  • पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार

    काठमाडौं । बिहीबार कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक ३.२६ अंकले बढेको छ । यस अवधिमा परिसूचक ०.११ प्रतिशतले बढेर २ हजार ९ सय ७२.९८ विन्दुमा पुगेको हो ।

    दोस्रो घण्टाको अवधिमा २ सय १३ वटा कम्पनीको ४ अर्ब ९२ करोड ६० लाख ९० हजार रुपैयाँँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

    कारोबारको दोस्रो घण्टामा मल्टीपर्पस फाइनान्सको शेयर मूल्य सर्वाधिक ७.६९ प्रतिशतले बढेर प्रतिकित्ता शेयर मूल्य ४ सय २० रुपैयाँ पुगेको छ ।  

    यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको ३५ करोड ५५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

    सो अवधिसम्म कम्पनीको शेयर मूल्य १ हजार ९ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij