वेबटिभी खबर
नयाँ दिल्ली । आगामी दिनमा प्रर्दशनमा आउने फिल्म (सीता) फ्लोरमा आउन अगावै विवादित बनेको छ ।
पछिल्लो दिनमा अभिनेत्री करिना कपूर (बेबो) को काष्टिङलाई लिएर उत्पन्न भएको विवाद तत्काल नटुंगिने देखिएको छ । सामाजिक सञ्जालमार्फत सुरु भएको यो विवाद कन्ट्रोभर्सी ज्ञापनसम्म पुगेको छ ।
नागपुरमा बजरंग दलका कार्यकर्ताले अभिनेत्री करिनाविरुद्ध जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझाएका छन् । यसकासाथै कार्यकर्ताले यो चलचित्र बनेपछि यसको ठूलो विरोध गर्ने समेत जनाएका छन् ।
कार्यकर्ताले ज्ञापनपत्रमा अभिनेत्रीको बिकिनी र अजमेर दरगाहको यात्रा गरेको फोटो पनि समावेश गरेका छन् । निर्देशक अलौकिक देसाईले आफ्नो फिल्म (सीता) को मुख्य भूमिकाको लागि बलिउड अभिनेत्री कपूरलाई छनोट गरेका हुन् ।
यसका लागि बेबोले १२ करोड रुपैयाँ माग गरेकी छिन् । तर, सामाजिक प्रयोगकर्ताले करीनाले सीताको रोल गर्दा हिन्दु धर्म र माता सीताको अपमान हुने जनाउँदै आएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij