वेबटिभी खबर
काठमाडौं । फरवार्ड लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर लिलामीमा बिक्री खुला हुने भएको छ । संस्थापक शेयरधनी आरएमडिसी लघुवित्त वित्तीय संस्थाको नाममा रहेको उक्त संस्थाको बिहीबारदेखि शेयर लिलामीमा बिक्री खुला हुने भएको हो ।
कम्पनीले ३ लाख ९४ हजार ६ सय ३४.४६ कित्ता संस्थापक शेयर लिलामीमा ल्याउन लागेको हो । उक्त शेयर खरिद गर्न इच्छुक आवेदकले असार १७ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।
शेयरको न्यूनतम मूल्य ८ सय ५० रुपैयाँ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा आवेदकले न्यूनतम १ हजार कित्ता शेयरको लागि आवेदन दिनुपर्नेछ भने अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने कम्पनीले जानकारी गराएको हो ।
असार १७ गतेसम्म प्राप्त भएका बोलपत्र असार २० गते ११ बजे बिक्री प्रबन्धकको कार्यलयमा खाल्ने कम्पनीले जानकारी दिएको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij