Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

अमेरिकामा असाइलमलाई सहज बनाइयो 

अमेरिकामा असाइलमलाई सहज बनाइयो 

  • 712
    SHARES
  • अमेरिकामा असाइलमलाई सहज बनाइयो 

    काठमाडौं । अमेरिकामा ट्रम्प प्रशासनले आप्रवासीका लागि कडा नियमहरू लगायो । तर,अहिले राष्ट्रपतिमा ट्रम्पको पराजय र जो वाइडेनको विजयसँगै आप्रवासीलाई केही सहज भएको छ ।

    images

    अमेरिकाको डिपार्टमेन्ट अफ जस्टिसले घरेलु र सामूहिक हिंसा पीडितलाई बसोबास अनुमती (असाइलम) पाउन केही सहज बनाएको छ । अमेरिकाका एटर्नी जनरलले बुधबार ट्रम्पको शासन अवधिमा ल्याइएका विवादास्पद नीतिहरू खारेज गरेका हुन् ।

    घरेलु हिंसा र गिरोहको निशानामा परेर देश छाडेर आएकालाई संरक्षण गर्ने पुरानै नीति व्युँतिएको हो । राष्ट्रपति जो बाइडेन चुनिएपछि उनले एसाइलम हुनका लागि आवश्यक पर्ने प्रावधानबारे नयाँ नीति ल्याउन निर्देशन दिएका थिए ।

    बुधबार एटर्नी जनरलले जारी गरेको आदेशपछि ज्यान बचाउनका लागि देश छाडेर अमेरिका पुगेकाहरूलाई धेरै राहत पुग्छ ।

    असाइलमका प्रावधान ट्रम्पले राष्ट्रपतिको कार्यभाल सम्हाल्नु अघिको अवस्थामा पुगेको बताइएको छ । त्यसको अर्थ असाइलमका प्रावधानहरू ओबामा प्रशासनका पालाकै अवस्थामा फर्किएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology