Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

हेटौँडामा दुईवटा गार्मेन्ट उद्योग स्थापना 

हेटौँडामा दुईवटा गार्मेन्ट उद्योग स्थापना 

  • 209
    SHARES
  • हेटौँडामा दुईवटा गार्मेन्ट उद्योग स्थापना 

    हेटौँडा । हेटौँडा उपमहानगरपालिका नगरक्षेत्रमा दुईवटा गार्मेन्ट उद्योग स्थापना गरिएको छ । उपमहानगरले २० लाखको लगानीमा वडा नं-५ र १८ मा उद्योग स्थापना गरेको जनाएको छ ।

    वडा नं-५ मा ‘हेटौँडा गार्मेन्ट समूह उद्योग’ र वडा नं-१८ को हर्नामाडीमा ‘स्वरोजगार महिला गार्मेन्ट उद्योग’ स्थापना गरिएको उपमहानगर प्रमुख मीनाकुमारी लामाले जानकारी दिइन्।

    स्थानीयलाई स्वरोजगार बनाउँदै सीप र क्षमताको विकास गर्ने उद्देश्यले दुई फरक स्थानमा उद्योग स्थापना गरी सञ्चालनको तयारी गरिएको उनले बताइन् । उद्योग सञ्चालन भएसँगै स्थानीयलाई आयआर्जनमा सहयोग पुग्ने प्रमुख लामाको भनाइ छ ।

    पहिलो चरणमा उपमहानगरले लगानीमा ‘आधारभूत सिलाइकटाइ तालिम’ प्रदान गरी रोजगारीका अवसर सृजना गर्ने वातावरण तयार गरिएको उपमहानगरपालिकाका उद्योग तथा सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेलले बताए ।

    अहिले प्रथम चरणमा आधारभूत सिलाइकटाइको तालिमपछि हेटौँडा-५ मा १० जनालाई र हेटौँडा-१८ मा २१ जनालाई रोजगारीका अवसर दिने उनको भनाइ थियो । उक्त गार्मेन्ट सञ्चालनमा आएपछि प्रत्येक वर्ष १० जनाका दरले रोजगारीमा वृद्धि गर्दै जाने योजना रहेको शाखा प्रमुख पौडेलले जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij