Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

बाढीपहिरोमा परेर ११ को मृत्यु, २५ बेपत्ता

बाढीपहिरोमा परेर ११ को मृत्यु, २५ बेपत्ता

  • 763
    SHARES
  • बाढीपहिरोमा परेर ११ को मृत्यु, २५ बेपत्ता

    काठमाडौं । भारी वर्षापछि आएको बाढी, पहिरो र हावाहुरीका कारण मुलुकका विभिन्न जिल्ल्लामा ११ जनाको मृत्यु भएको छ । 

    बिहीबार साँझ थप ४ जनाको शव फेला परेसँगै मृत्यु हुनेको संख्या ११ पुगेको हो । गृहमन्त्रालयका अनुसार जेठ ३१ देखि बिहीबार दिउँसोसम्म ७ जनाको मृत्यु भएकोमा साँझ थप चार जनाको शव फेला परेको हो ।

    मृत्यु हुनेमा सिन्धुपाल्चोकमा तीन, बाजुरा, गोरखा, पाल्पा, डोटी, जुम्ला, अर्घाखाँची, कास्की र काभ्रेमा एक/एक जनाको रहेकाे मन्त्रालयले जनाएको छ । 

    यस्तै विभिन्न जिल्लामा अहिलेसम्म २५ जना हराइरहेका छन् । सबैभन्दा बढी सिन्धुपाल्चोकमा १५ जना सम्पर्क विहिन छन् । भारी वर्षा र हावाहुरीका कारण जाजरकोटको ४ हजार ८०० मिटरको उचारमा रहेको जलजला पाटनबाट सात जना हराइरहेका छन् । बाजुरा, प्यूठान, अर्घाखाँचीमा एक/एक जना बेपत्ता रहेको मन्त्रालयले जनाएको छ । 

    अहिलेसम्म ११ जना घाइते रहेको र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । केही घाइतेलाई सेनाको हेलिकप्टरबाट उपचारका लागि काठमाडौँ ल्याइएको छ ।

    अहिलेसम्म बाढी पहिरोका कारण विभिन्न जिल्लामा १२९ घर पूर्ण र ११४ घरमा आंशिक क्षति पुगेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij