वेबटिभी खबर
कास्की । कास्की जिल्लाको मादी गाउँपालिकामा अबिरल वर्षापछिको पहिरोले घरमा क्षति पुगेर विस्थापित भएका परिवारलाई राहत वितरण गरिएको छ ।
मादीको वडा नं-६ का पाँच र वडा नं-२ का एक परिवारमध्ये दुई घर पूर्णरूपमा विस्थापित र अन्य जोखिममा परेका थिए । मादी गाउँपालिका र जिल्ला प्रशासन कार्यालयले शनिबार प्रभावित परिवारलाई गाउँमै पुगेर राहत रकम वितरण गरेको हो ।
पीडित परिवारलाई क्षतिका आधारमा गाउँपालिकाले दुई लाख पाँच हजार र जिल्ला प्रशासनले एक लाख राहत वितरण गरेको छ ।
यही असार १९ गतेको अबिरल वर्षाले मादी-६ को काहुँखोला-दूधपोखरी सडकको दोस्रो खण्डमा सजुक भेडीखर्क टोलको भेडीखर्क चोकमा पाँच परिवारको छ घर र गोठ पहिराले क्षति पुर्याएको थियो ।
पहिरोबाट विस्थापित मादी-६ का कमलापति बराललाई मादी गाउँपालिकाबाट ७० हजार र प्रशासनबाट २५ हजार राहत रकम प्रदान गरियो ।
त्यसैगरी दीपक बराललाई गाउँपालिकाबाट ५० हजार र प्रशासनबाट २० हजार, शम्मेर पाण्डेलाई पालिकाबाट ३० हजार र प्रशासनबाट १५ हजार, भुवन सिंहलाई पालिकाबाट २० हजार र प्रशानबाट १५ हजार राहत रकम प्रदान गरिएको छ ।
पहिराेपीडित विष्णुमाया घर्तीका परिवारलाई प्रशासनबाट १५ हजार र गाउँपालिकाबाट २० हजार र कृष्णप्रसाद देवकोटाका परिवारलाई गाउँपालिकाबाट १५ हजार प्रशासनबाट १० हजार राहत रकम प्रदान गरिएको मादी गाउँपालिका-६ का वडाध्यक्ष डिलबहादुर क्षेत्रीले जानकारी दिए ।
पीडित परिवारलाई प्रतिनिधिसभा सदस्य मनबहादुर गुरुङ, गण्डकी प्रदेशसभा सदस्य बेदबहादुर गुरुङ, गाउँपालिका अध्यक्ष देवीजंघ गुरुङ, जिल्ला प्रशासन कार्यालय कास्कीका अधिकृत दीपक रेग्मीलगायतले राहत वितरण गरेका हुन ।
पहिरोले पूर्णरूपमा घरमा क्षति पुगेका दीपक र शम्शेर पाण्डेको परिवार हाल आफन्त र समाजघरमा आश्रय लिएका छन ।
यी दुवै परिवार विस्थापित भएर आफन्त तथा समाजघरमा आश्रय लिएको वडाध्यक्ष क्षेत्रीले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij