Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

उत्तर कोरियामा खाद्य अभावले महंगी बढ्यो, एक किलो केराको मूल्य ५ हजार 

उत्तर कोरियामा खाद्य अभावले महंगी बढ्यो, एक किलो केराको मूल्य ५ हजार 

  • 1.0K
    SHARES
  • उत्तर कोरियामा खाद्य अभावले महंगी बढ्यो, एक किलो केराको मूल्य ५ हजार 

    सियोल । उत्तर कोरियाका नेता किम जोङ उनले आफ्नो देशमा खाद्य संकट बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । शीर्ष नेताहरुको बैठकलाई सम्बोधन गर्दै नेता किमले देशको खाद्य अवस्था तनावपूर्ण बन्दै गएको बताएका हुन् ।  

    गएको वर्षको तुफानका कारण आएको बाढीका कारण खेतीपातीमा क्षति भएकाले कृषि क्षेत्रले देशको माग धान्न नसकेको भन्दै उनले माग अनुसारको उत्पादनमा जोड दिनेगरी नीति बनाउन सम्बधित अधिकारीलाई निर्देशन दिएका छन् ।

    उत्तर कोरियामा खाद्यान्न, फलफूल र तरकारीलगायतका अन्य कृषि उपजको मूल्य निकै बढेको खबर आइरहेका छन् । दक्षिण कोरियाको सियोलको एनके समाचार संस्थाले उत्तर कोरियामा एक केजी केरा ४५ डलर अर्थात् ५ हजार रुपैयाँमा बिक्री भइरहेको जनाएको छ । अरु वेला सामान्यतया ६ डलर पर्ने केरा अहिले सात गुणा बढी मूल्यमा बिक्री भएको छ । 

    खाद्यान्न संकटका कारण यकिन् तथ्यांक नभए पनि करिब ३० लाख मानिस भाेकमरीकाे चपेटामा आउने अनुमान गरिएकाे छ । 

    उत्तर कोरियाले कोरोना भाइरसको संक्रमण नियन्त्रणमा लिने भन्दै आफ्नो सीमा बन्द गरेको छ । जसका कारण चीनसँगको उसको व्यापारिक गतिविधि ठप्प छ । खाद्यान्न, मलखाद तथा उर्जाका लागि उत्तर कोरिया चीनमा निर्भर रहँदै आएको छ ।

    यस्तै उसको परमाणु कार्यक्रमका कारण लागेको अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण पनि उत्तर कोरिया समस्यामा छ ।

    सत्तारुढ वर्कर्स पार्टीको केन्द्रीय समिति बैठकमा नेता किमले देशको खाद्य अवस्थाबारे धारणा राखेका थिए । बैठक यो साता राजधानी प्योङ्यांगमा सुरु भएको हो । बैठकमा अमेरिका र दक्षिण कोरियासँगको सम्बन्धलाई लिएर पनि छलफल हुने बुझिएको छ । 

    उत्तर कोरियामा महामारी र आँधिका कारण खाद्यान्न संकट  उत्तर कोरियामा महामारी र आँधिका कारण खाद्यान्न संकट 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij