Logo

२०७८, श्रावण ११ गते सोमवार

२०७८, श्रावण ११ गते सोमवार

१५ महिनादेखि कोरिया रोजगारी बन्द, १० हजार जनाको बिचल्ली

१५ महिनादेखि कोरिया रोजगारी बन्द, १० हजार जनाको बिचल्ली

  • 1.8K
    SHARES
  • १५ महिनादेखि कोरिया रोजगारी बन्द, १० हजार जनाको बिचल्ली

    काठमाडौं- आम्दानीका हिसाबले आकर्षक गन्तव्यको रूपमा रहेको दक्षिण कोरियाको रोजगारी अझै खुल्ने सुरसार छैन । १५ महिनादेखि कोरिया रोजगारी बन्द छ । कोरिया रोजगारी स्थगित हुँदा रोजगार अनुमति प्रणालीअन्तर्गत कोरियन भाषा परीक्षा उत्तीर्ण गरेका करिब १० हजार बिचल्लीमा परेका छन् ।

    पहिलो लहरको कोरोना महामारी फैलिएको बेला नेपालले बन्द गरेको कोरिया रोजगारी अहिले कोरिया सरकारले बन्द गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारी बताउँछन् ।

    ‘सुरुमा कोरियामा कोरोना महामारी फैलिएको भन्दै नेपाली पक्षले भाषा परीक्षा उत्तीर्ण गरेकालाई पठाउन रोक्यो,’ मन्त्रालयका एक अधिकारीले भने, ‘पछिल्लो समयमा कोरियाले हामीकहाँ महामारी फैलिएकाले कामदार लिन ढिला गरिरहेको छ ।’ तर भाषा परीक्षा उत्तीर्ण गरेकाहरूले भने सरकारले पहल नगर्दा कोरिया रोजगारी सुरु हुन नसकेको बताइरहेका छन् ।

    भाषा परीक्षा उत्तीर्ण गरेकाहरू सरकारी निकायले अलिकति मेहनत गरे कामदार कोरिया पठाउन सक्ने बताउँछन् । ‘कोरियन रोजगारदाता भाषा परीक्षा उत्तीर्ण गरेकालाई लैजान इच्छुक छन्,’ भाषा परीक्षा उत्तीर्ण गरेका सागर प्रसाईले भने, ‘सरकार गम्भीर हुने हो भने कोरिया रोजगारी चाँडो सुचारु हुन्छ ।’ नागरिक दैनिकमा खबर छ ।

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology