Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

भारतमा काेराेनाबाट हुने मृत्युदर ह्वात्तै घट्यो 

भारतमा काेराेनाबाट हुने मृत्युदर ह्वात्तै घट्यो 

  • 706
    SHARES
  • भारतमा काेराेनाबाट हुने मृत्युदर ह्वात्तै घट्यो 

    नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको दोस्रो लहरको घातक संक्रमण कम हुँदै गएसँगै मृत्युदर पनि घटिरहेको छ । बिहीबार २४ घण्टाको अवधिमा १ हजार ५ सय ९० जनाको संक्रमणबाट ज्यान गएको छ । संक्रमणदर घट्दै जाँदा पनि मृत्यु हुनेकाे दैनिक संख्या ३/४ हजार थियाे । तर पछिल्ला केही दिनमा क्रमशः ज्यान गुमाउनकाे संख्या पनि घट्न थालेकाे छ । 

    images

    बुधबार २३ सय ३० जनाकाे संक्रमणबाट मृत्यु भएकाे थियाे । 

    यो संख्या विगत ६१ दिनयता कै सबैभन्दा कम हो । त्यस्तै संक्रमितको संख्या ६२ हजार ३७५ रहेको छ ।

    संक्रमितभन्दा निको हुनेको संख्या निरन्तर बढी छ । बिहीबार मात्रै ८८ हजार मानिस संक्रमणमुक्त भएका छन् । भारतमा हालसम्म दुई करोड ९५ लाख मानिस संक्रमित भएका छन् भने तीन लाख ८३ हजारले ज्यान गुमाएका छन् । 

    त्यहाँ कोरोना भाइरसविरुद्धको खोप अभियान पनि अघि बढाइएको छ । यही क्रममा अमेरिकामा आधारित कम्पनी नोभाभाक्सको खोप सेप्टेम्बरमा भारतबाट उत्पादन हुने गरी तयारी सुरु गरिएको छ ।

    सेरम इन्स्टिट्यूट अफ इन्डियाले यसलाई कोभाभ्याक्सको नामबाट निर्माण गर्नेछ । साथै जुलाईदेखि बालबालिकाहरुमा यसको क्लिनिकल परीक्षण सुरु गर्ने योजना छ । 

    भारतमा दोस्रो लहरको कोरोना संक्रमण निरन्तर ओरालो लाग्दै भारतमा दोस्रो लहरको कोरोना संक्रमण निरन्तर ओरालो लाग्दै कोरोनाकाे दोस्रो लहरबाट मुक्त हुँदै भारत  कोरोनाकाे दोस्रो लहरबाट मुक्त हुँदै भारत  भारतमा दैनिक मृत्युदर घट्न थाल्यो  भारतमा दैनिक मृत्युदर घट्न थाल्यो  भारतमा ३४ दिनपछि घट्यो मृत्युदर  भारतमा ३४ दिनपछि घट्यो मृत्युदर  भारतमा कोरोना संक्रमणबाट हुने मृत्युदर घटेन भारतमा कोरोना संक्रमणबाट हुने मृत्युदर घटेन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology