Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम उच्च 

बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम उच्च 

  • 682
    SHARES
  • बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम उच्च 

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा कोरोना महामारीसँगै पानीजन्य र सरसफाइसम्बन्धी रोगहरूको जोखिम हुने भएकाले विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

    images

    हालै सिन्धुपाल्चोक, म्याग्दी, मनाङलगायतका विभिन्न स्थानमा जनधनको ठूलो क्षति हुने गरी बाढी गएको हुँदा यी क्षेत्रमा बाढीपछि आउने पानीजन्य रोगको जोखिम भएकाले सबैले यो बेला सावधानी अपनाउनु पर्ने मन्त्रालयको भनाइ छ । साथै यी क्षेत्रमा स्वास्थ्य समस्या परेकालाई सहयोग गर्नका लागि स्वास्थ्य मन्त्रालयको टिम नै खटिएको समेत मन्त्रालयले जनाएको छ ।  

    मन्त्रालयले यस्तो बिषम परिस्थितमा घाइते, संक्रमित तथा प्रभावितहरूको उपचारको लागि आवश्यक सबै प्रबन्ध मिलाउने कार्य गरिरहेको जनाएको छ । मन्त्रालयकाअनुसार बाढी र पहिरो जोखिमसँग सबै कोभिड-१९ संक्रमण, पानीजन्य रोग, लामखुट्टेले हुने रोग, सरसफाई सम्बन्धि जनस्वास्थ्यका समस्याहरू झनै बढ्न सक्ने भएकाले सबैले सजग हुनुपर्ने देखिन्छ । 

    उद्धार, राहतका कार्यहरूमा जुट्दा कोभिड-१९ विरुद्धको जनस्वास्थ्यका मापदण्ड अपनाउन, सफा पिउने पानी, लामखुट्टेबाट बच्न झुल, उपयुक्त गाँस र बासको प्रबन्ध, औषधिलगायतका सामानहरूमा ध्यान दिन मन्त्रालयले आग्रह गरेको छ । 

    जनस्वास्थ्य सुरक्षाका लागि आवश्यक औषधि, उपकरण, स्वास्थ्यकर्मीको व्यवस्थापनको लागि स्थानीय जिल्ला स्वास्थ्य कार्यलय, प्रदेशका सम्बन्धित निकायमार्फत स्वास्थ्य आपतकालिन केन्द्रहरूले समन्वयको व्यवस्था गरिरहेको जानकारी गराउँदै मन्त्रालयले सबैलाई सुरक्षित रहन अनुरोध गरेको छ ।

    ministry.jpg

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology