Logo

२०७८, श्रावण ११ गते सोमवार

२०७८, श्रावण ११ गते सोमवार

मल्टीपर्पस फाइनान्सको साधारणसभा आइतबार हुने 

मल्टीपर्पस फाइनान्सको साधारणसभा आइतबार हुने 

  • 232
    SHARES
  • मल्टीपर्पस फाइनान्सको साधारणसभा आइतबार हुने 

    काठमाडौं । मल्टीपर्पस फाइनान्सको २३ औं वार्षिक साधारणसभा आइतबार हुने भएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय राजविराज सप्तरीमा बिहान ११ बजे हुने कम्पनीले जानकारी गराएको छ । 

    सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । साथै आव २०७७/७८ को लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

    त्यस्तै, सभाले कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र कार्यक्षेत्र विस्तार गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साधारणसभा प्रयोजनको लागि कम्पनीको शेयरधनी दर्ता पुस्तिका जेठ २४ गते बन्द भइसकेको छ ।

    बुक क्लोजको आधारमा जेठ २३ गतेसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन पाउनेछन् ।

     

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology