Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

'दलित' भनि रुपालाई कोठा भाडामा नदिने घरधनी को हाे ?

'दलित' भनि रुपालाई कोठा भाडामा नदिने घरधनी को हाे ?

  • 5.9K
    SHARES
  • 'दलित' भनि रुपालाई कोठा भाडामा नदिने घरधनी को हाे ?

    काठमाडौं । 'तल्लो जात' भनेर कोठा भाडामा नदिएको आरोप लागेका घरबेटीविरुद्ध पत्रकार रुपा सुनारले प्रहरीमा जाहेरी दिएकी छिन् ।

    images

    जातकै आधारमा डेरा नदिने घरधनी काठमाडौं महानगरपालिका-११ बबरमहलका ५८ वर्षिया सरस्वती प्रधानविरुद्ध पत्रकार सुनारले जातीय भेदभाव छुवाछुत तथा कसुर र सजाय ऐन २०६८ अनुसार बिहीबार महानगरीय प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दर्ता गराएकी हुन् । 

    घरधनी प्रधानले आफूलाई 'सानो जात'को भन्दै डेरा भाडामा नदिएको पीडितको गुनासो छ । प्रधानले सबै कुरा मिलेपछि कोठा भाडामा दिनुअघि जात सोधेको उनले बताइन् । दलित समुदायको भन्ने थाहा पाएपछि कोठा भाडामा दिन इन्कार गरेको रूपाले जाहेरीमा उल्लेख गरेकी छन् । 

    ‘हामी जाहेरी दिन १२ बजे प्रहरीकहाँ पुग्यौं । तर, प्रहरीले उजुरी दर्ता गर्नै मानेन,’ सुनार भन्छिन्, ‘दिनभर प्रहरी कार्यालयमा धर्ना दिएपछि साँझमात्रै प्रहरीले उजुरी दर्ता गर्यो ।’ 

    मंगलबार कोठा खोज्न घरधनी प्रधानकहाँ पुगेकी सुनारलाई कोठामा बस्ने पक्कापक्की भएपछि जातकै कारण फर्काइएको थियो । घरधनीले टेलिफोन गरेर जातकै कारण कोठा दिन नसक्ने बताएकी थिइन् । घटनापछि आफूमाथि विभेद भएकोबारे पत्रकार सुनारले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन् । तस्बिर रुपा सुनारकाे फेबुकबाट

    रुपा सुनारलाई जातका कारण कोठा नदिएको आरोपमा घरबेटी प्रक्राउ रुपा सुनारलाई जातका कारण कोठा नदिएको आरोपमा घरबेटी प्रक्राउ

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology