Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

स्मृति इरानीः मिस इन्डियादेखि प्रभावशाली केन्द्रीय मन्त्रीसम्म

स्मृति इरानीः मिस इन्डियादेखि प्रभावशाली केन्द्रीय मन्त्रीसम्म

  • 938
    SHARES
  • स्मृति इरानीः मिस इन्डियादेखि प्रभावशाली केन्द्रीय मन्त्रीसम्म

    नयाँ दिल्ली । भारतकी केन्द्रीय मन्त्री एवं पूर्व अभिनेत्री स्मृति इरानी हालै फ्याट टु फिट ट्रान्सफर्मेसनका कारण चर्चामा छन् । सामाजिक सञ्जालमा सार्वजनिक तस्बिरहरुमा इरानीको तौल निकै घटेको देखिन्छ । भारतका प्रभावशाली महिला मन्त्रीमध्येमा गनिने इरानी सुरुमा अभिनय क्षेत्रमा थिइन् । 

    images

    दिल्लीकाे मल्हाेत्रा परिवारमा जन्मिएकी इरानीको सुरुमा घरको आर्थिक अवस्था राम्रो थिएन । बुबा कुरियर कम्पनीमा काम गर्थे । स्मृतिले विद्यालय स्तरकाे शिक्षा पश्चात पत्राचारबाट आफ्नो बी-कम सुरु गरे पनि पूरा गर्न सकिनन् । त्यसपछि उनले एक होटलमा वेट्रेसको रूपमा पनि काम गरिन् ।

     
     
     
     
     
    View this post on Instagram
     
     
     
     
     
     
     
     
     
     
     

    A post shared by Maniesh Paul (@manieshpaul)

    होटलबाट कस्मेटिक उत्पादनको मार्केटिङमा काम गर्दा गर्दै मुम्बई गएर मिस इन्डियाको अडिसन दिइन् । सन् १९९८ को मिस इन्डियाको फाइनलमा पुगेकी इरानीले उपाधि जित्न सकिनन् । चर्चित सिरियल 'क्योंकि सास भी कभी बहू थी' मा मुख्य भूमिकामा अभिनय गरेकी उनले २००१ मा उद्यमी जुबिन इरानीसँग विवाह गरिन् ।

    इरानी सन् २००३ देखि भारतीय जनता पार्टीमार्फत् राजनीतिमा लागेकी हुन् । सन् २००४ मा भाजपाको महाराष्ट्र युथ विंग की उपाध्याक्ष बनिन् ।

    सन् २००४ मा दिल्लीको चादनी चोकमा बिजेपीबाट लोकसभा निर्वाचन लडेकी थिइन् तर त्यहाँ कांग्रेसका कपिल सिब्बलले जिते । यस हारपछि उनले गुजरात दंगाको विषयमा तत्कालीन गुजरात मुख्यमन्त्री नरेन्द्र मोदीको राजीनामा माग गर्दै अनशन बस्ने चेतावनी दिएकी थिइन् । 

    सन् २०१० मा उत्तर प्रदेशको अमेठीमा राहुल गान्धीविरुद्ध लोकसभा लड्दा त्यहाँ पनि जित्न सकिनन् । यसै वर्ष नितिन गडकरी भाजपाका राष्ट्रिय अध्यक्ष बनेपछि स्मृतिलाई भाजपाको महिला मोर्चा सम्हाल्न दिइयाे । अर्को वर्ष उनी गुजरातबाट राज्यसभामा सांसद चुनिइन् र प्रदेशको राजनीतिमा सक्रिय भइन् ।

    निर्वाचनमा हारका बावजुद पनि मोदीले इरानीलाई केन्द्रीय मानव संशाधन मन्त्री बनाएका थिए । पछि सन् २०१९ मा कांग्रेस पार्टीकाे वर्चस्व रहँदैआएको अमेठीमा राहुल गान्धीलाई पराजित गरिन् । 

    प्रखर रूपमा बोल्न सक्ने कौशलका कारण उनलाई पार्टीको राष्ट्रिय प्रवक्ता बनाइयो। टेलिभिजन च्यानलहरूमा बोल्न थालेपछि उनी फेरि चर्चित हुन थालिन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology