Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

भारतीय चर्चित अभिनेता महेश बाबुलाई तेलुगु भाषा पढ्न र लेख्नमा समस्या 

भारतीय चर्चित अभिनेता महेश बाबुलाई तेलुगु भाषा पढ्न र लेख्नमा समस्या 

  • 632
    SHARES
  • भारतीय चर्चित अभिनेता महेश बाबुलाई तेलुगु भाषा पढ्न र लेख्नमा समस्या 

    नयाँ दिल्ली । अभिनेता महेश बाबु साउथ फिल्मका चर्चित सुपरस्टारमध्ये एक हुन् । भारतलगायत अन्य देशमा पनि उनका दर्शक अत्यधिक छन् ।

    images

    पछिल्लो दुई दशकमा आफ्नो करियरका साथै सामाजिक कार्यमा पनि उनी  अगाडि बढेका छन् । तर कतिपय व्यक्तिलाई अभिनेता महेशलाई तेलुगु भाषा पढ्न र लेख्न आउँदैन भन्ने नै थाहा छैन ।

    चलचित्रमा उनको अभिनय र शब्द उच्चारण गरेको देखेर धेरैलाई उक्त कुरामा विश्वास नलाग्न सक्छ । तर यो नै सत्य हो । 

    अभिनेता महेशले सन् २०१५ मा फिल्म श्रीमंथुन्दूको प्रमोशनको अवसरमा आफूलाई तेलुगु भाषा पढ्न र लेख्न नआउने जनाएका थिए । भारतीय सञ्चार माध्यमकाअनुसार महेशले आफू चेन्नईमा हुर्किएको बताएको थिए ।

    उनलाई तेलुगु लेख्न र पढ्न आउँदैन । तर तेलुगु भाषा राम्रोसँग बोल्छन् । साथै चलचित्रमा संवादको लागि निर्देशकले नै अभिनेता महेशलाई संवाद उच्चारण गरेर सुनाउँछन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology