Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

जाजरकोटमा हावाहुरीले सम्पर्कविहिन भएका सातै जना सकुशल फेला

जाजरकोटमा हावाहुरीले सम्पर्कविहिन भएका सातै जना सकुशल फेला

  • 639
    SHARES
  • जाजरकोटमा हावाहुरीले सम्पर्कविहिन भएका सातै जना सकुशल फेला

    जाजरकोट । भैंसी, गाई र बाख्रा लिएर चरिचरन क्षेत्र जलजला पाटनमा गएर बेपत्ता सात जना भेटिएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीयवासीले उनीहरुलाई भेटाएको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले बताए ।

    मंगलबारदेखि हराइरहेका कुशे गाउँपालिका-८ औलरिजाका दिलबहादुर खड्का, विक्रम खड्का, चन्द्रा खड्का, भविन्द्र खड्का, मीम खड्का, धनसरा खड्का र  वडा नं ९ का कृष्ण रोकाय आज बिहान मात्र भटिएको प्रनाउ थापाले बताए ।

    खाना नखाएका र चिसोका कारण कमजोर अवस्थामा भेटिएका उनीहरुलाई प्राथमिक उपचार गरी अहिले खाना खुवाउने काम भएको उनले बताए ।   

    निरन्तर हावाहुरी, पानीका कारण  जाजरकाेटमा बेपत्ताको खोजी हुन सकेन निरन्तर हावाहुरी, पानीका कारण जाजरकाेटमा बेपत्ताको खोजी हुन सकेन हावाहुरीले जलजला पाटनमा सात जना बेपत्ता, झन्डै एक सय गाईभैंसी मरे  हावाहुरीले जलजला पाटनमा सात जना बेपत्ता, झन्डै एक सय गाईभैंसी मरे 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij