Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

पहिरोपीडित दुई वर्षदेखि त्रिपालमुनी

पहिरोपीडित दुई वर्षदेखि त्रिपालमुनी

  • 282
    SHARES
  • पहिरोपीडित दुई वर्षदेखि त्रिपालमुनी

    संखुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिका-१ बेसिन्दाका पहिरोपीडित दुई वर्षदेखि त्रिपालमुनि बास बस्न बाध्य छन् । विस्थापित ९७ परिवार त्रिपालमुनि कष्टपूर्ण जीवन बिताउँदै आएका छन् ।

    विसं २०७९ असार २८ गते राति आएको पहिराेले सिलिचोङ-१ बेसिन्दाका नौ घर बगाउँदा ११ जना बेपत्ता भएका थिए ।

    सरोकारवाला निकायले चासो नदेखाउँदा विस्थापित परिवारको बिचल्ली भएको छ ।

    पहिराेले घर बगाएका पीडितसित ओत लाग्ने ठाउँ छैन । पहिराेबाट विस्थापित परिवारमध्ये २५ परिवार चित्रे, १२ परिवार बखल्टुमटार र अन्य खाँदबारीमा अस्थायीरूपमा बसिरहेका गाउँपालिकाका अध्यक्ष भुपालराज मेवाहाङले जानकारी दिए ।

    उनले भने, ‘भवन निर्माणका लागि बजेटको अभाव छ । गाउँपालिकाले पहिरोपीडितको आवास निर्माणका लागि पाँच लाख ५० हजार उपलब्ध गराउने निर्णय गरेको छ । पहिरोपीडितका लागि संघीय सरकारले ६० प्रतिशत, प्रदेश सरकारले ३० र स्थानीय सरकारले १० प्रतिशत बजेट उपलब्ध गराउने निर्णय भएको थियो । पानी पर्न थालेपछि उनीहरुलाई घर बगाउने चिन्ता रहन्छ ।’

    जोखिम भए पनि अन्यत्र जाने ठाउँ नभएपछि केही परिवार बेसिन्दामै बसिरहेका छन् ।

    गाउँपालिका र जिल्ला विपद् व्यवस्थापन समितिले खाँदबारी नगरपालिका-७ स्थित भैरेडाँडामा ५५ परिवारका लागि ६९ रोपनी जग्गा एक करोड ३० लाखमा खरिद गरिसकेको छ । तर भवन निर्माणको भने टुङ्गो लागेको छैन । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij