वेबटिभी खबर
प्योङयाङ । उत्तर कोरियाका नेता किम जोङ उनले मुलुक अमेरिकासँग वार्ता र युद्ध दुवैका लागि तयार हुन आवश्यक रहेको बताएका छन् । किमले विशेषगरी अमेरिकासँग प्रतिस्पर्धाका लागि तयार हुन जोड दिएका छन् ।
किमले प्योङयाङमा पार्टीका वरिष्ठ नेताहरूसँगको बैठकमा यस्तो बताएका हुन् । त्यहाँ सत्तारुढ मजदुर पार्टीको केन्द्रीय समितिको बैठक यसै साता राजधानी प्योङयाङमा सुरु भएको छ ।
अमेरिकामा जो बाइडेन सरकारका बारेमा किमले टिप्पणी गरेको यो पहिलोपटक हो । उत्तर कोरियाले बाइडेन प्रशासनले कूटनीतिक वार्ताको लागि गरेको प्रयासलाई अस्वीकार गरेको थियो ।
उत्तर कोरियाको आधिकारिक समाचार एजेन्सी केसीएनएका अनुसार किम जोङ उनले राष्ट्रिय स्वाभिमान र यसको हितका लागि विशेष रूपमा अमेरिकासँग द्वन्द्वका लागि तयार हुनु आवश्यक रहेको बताएका हुन् ।
कोरियाली द्धीप नियन्त्रण गर्न प्रयास गरिएको हो भने उत्तर कोरियाले ठोस जवाफ दिने पनि किमको भनाइ छ । बैठककै क्रममा किमले देशमा खाद्यान्न संकट परेको पनि स्वीकारेका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनसँग किम जोङ उनको सम्बन्ध सुरुदेखि नै राम्रो छैन् । अमेरिकी निर्वाचन अघि बाइडेनले किमलाई ठगको रूपमा सम्बोधन गरेका थिए । त्यसपछि बाइडेनको सपथ ग्रहण समारोहको एक दिन अघि उत्तर कोरियाले नयाँ मिसाइलसहित सैन्य शक्तिको प्रदर्शन गरेको थियो ।
उत्तर कोरियामा खाद्य अभावले महंगी बढ्यो, एक किलो केराको मूल्य ५ हजार
उत्तर कोरियामा महामारी र आँधिका कारण खाद्यान्न संकट
अमेरिकाले शत्रुतापूर्ण नीति लिएको उत्तर कोरियाको आरोप
उत्तर कोरियामा क्षेप्यास्त्र परीक्षणकाे श्रृङ्खला, अमेरिकालाई चेतावनी
‘अमेरिकाले उत्तर कोरियालाई बारम्बार सम्पर्क गर्दा पनि कुनै जवाफ आएन’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij