Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

दैलेखमा किसान पुरस्कृत

दैलेखमा किसान पुरस्कृत

  • 206
    SHARES
  • दैलेखमा किसान पुरस्कृत

    दैलेख । दैलेखमा व्यावसायिकरूपमा कृषि पेसा गर्ने किसानलाई कृषि विकास कार्यालयले पुरस्कृत गरेको छ । व्यवसायलाई प्रोत्साहन गर्ने उद्देश्यले जिल्लाभरिका ५० व्यावसायिक किसानलाई पुरस्कृत गरिएको हो ।

    कार्यालयले प्रोत्साहन अनुदान कार्यक्रमअन्तर्गत नगदसहित उनीहरूलाई सम्मान गरेको कृषि विकास कार्यालयका निमित्त कार्यालय प्रमुख दशरथ पाण्डेले जानकारी दिए ।

    कृषि पेसालाई सम्मानित बनाउनका लागि र कृषकको हौसला बढाउन पुरस्कृत गरिएको उनले बताए । प्रोत्साहनस्वरुप पाँच कृषकलाई जनही १० हजार, ४१ कृषकलाई जनही १५ हजार र चार कृषकलाई जनही २० हजार नगदसहित सम्मान गरिएको हो ।

    व्यावसायिकरूपमा कृषि गर्ने किसानलाई बर्सेनि पुरस्कृत गरिने पाण्डेले बताए । पुरस्कारले व्यवसायप्रति थप जिम्मेवारी बढाउनुका साथै हौसला मिलेको चामुण्डा बिन्द्रासैनी-७ का कृषक सागर शाहीले बताए ।

    उनले भने, ‘उत्पादनका हिसाबले दिइने सम्मानले पेसाप्रति लगाव बढ्छ ।’ कृषि उत्पादन बढाउन र कृषकलाई व्यावसायिक बनाएर आत्मनिर्भर बनाउन यस्ता कार्यक्रमले सहयोग पुग्ने उनको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # दैलेख

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij