Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

भारतमा पनि ‘भ्याक्सिन पासपोर्ट’ बारे छलफल

भारतमा पनि ‘भ्याक्सिन पासपोर्ट’ बारे छलफल

  • 978
    SHARES
  • भारतमा पनि ‘भ्याक्सिन  पासपोर्ट’ बारे छलफल

    नयाँ दिल्ली । भारतमा पनि ‘भ्याक्सिन पासपोर्ट’ बारेमा छलफल भएको छ । महामारीपछि जापानलगायतका विश्वका कतिपय देशहरुले ‘भ्याक्सिन पासपोर्ट’ प्रयोगमा ल्याउने निर्णय गरिसकेका बेला भारतमा यस बारेमा छलफल सुरु भएको हो ।

    images

    कोरोना भाइरसविरुद्धको खोप लगाइसकेकाहरुको पहिचान र उनीहरुलाई विदेश भ्रमणमा सहज गराउने उद्देश्यले ‘भ्याक्सिन पासपोर्ट’को अभ्यास सुरु भएको छ ।  

    भारतले पनि कोरोना भाइरसको दुवै खोप लगाएकाहरुलाई विदेश यात्राका लागि सजिलो बनाउन ‘भ्याक्सिन पासपोर्ट’ दिने वा त्यसो गर्नु समानताका हिसाबले न्यायोचित नहुने भन्ने बारेमा छलफल हुन थालेको बिहीबार जनाएको छ ।

    दैनिक पत्रकार सम्मेलनका क्रममा भारतको विदेश मामिला मन्त्रालयका प्रवक्ता अरिन्दम बगाचीले विभिन्न देशमा ‘भ्याक्सिन पासपोर्ट’ प्रयोगमा आएको बारेमा आफुहरुलाई थाहा रहेको र भारतमा पनि त्यस बारेमा छलफल भइरहेको जानकारी दिए ।  

    'यस बारेमा हामी पर्याप्त जानकार छौं, यो विभिन्न देशमा प्रचलनमा आउने क्रममा रहेको छ, यो विश्वभरी नै छलफलको विषय बनिरहेको छ', उनले भने ।  

    कतिपय विकासशिल मुलुकहरुले अहिलेसम्म पनि पर्याप्त खोप पाउन नसकिरहेका बेला यसको औचित्य र उपयोगिता कति उपयुक्त हो भन्ने दृष्टीकोणबाट पनि कुरा उठ्ने गरेको उनले उल्लेख गरे ।  

    पासपोर्टभन्दा ठूलो कुरा सबैले समान रुपमा खाेप पाउनुपर्छ भन्ने हो, हाम्रो त्यसैमा जोड रहेको छ', उनले भने ।

    जापानबाहेक अहिले युरोपका अस्ट्रिया, बेल्जियम, बुल्गारिया, क्रोएशिया, चेक रिपब्लिक, डेनमार्क, इस्टोनिया, जर्मनी, ग्रीस, लात्भिया, लिथुआनिया, लक्जमबर्ग, पोल्यान्ड, पोर्चुगल, स्पेनले पनि भ्याक्सिन पासपोर्टको सुरु गरेका छन् । यी देशमा जानका लागि खोप लगाएको, कोरोना भाइरस संक्रमणमुक्त भएको र नराकात्मक रिपोर्ट हुनुपर्छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology