Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

मध्यपुरथिमी नगर क्षेत्रमा एकैपटक १० हजारको कोरोना परीक्षण गरिने

मध्यपुरथिमी नगर क्षेत्रमा एकैपटक १० हजारको कोरोना परीक्षण गरिने

  • 409
    SHARES
  • मध्यपुरथिमी नगर क्षेत्रमा एकैपटक १० हजारको कोरोना परीक्षण गरिने

    भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले आफ्नो नगरक्षेत्रमा कोरोना भाइरस संक्रमणको अवस्था पहिल्याउन एकै दिन एकैचोटि १० हजार व्यक्तिको निःशुल्क एन्टिजिन र पिसिआर परीक्षण गर्ने भएको छ ।

    images

    नगरपालिकाले प्रत्येक वडामा शनिबार बिहान १०ः०० देखि ५ः०० बजेसम्म एकैपटक उक्त संख्यामा एन्टिजिन र पिसिआर परीक्षण गर्ने नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।  

    जिल्लामा संक्रमित र मृत्यु दर सबैभन्दा बढी हुने सो नगरपालिकाले चिनियाँ मोडलमा नेपालमै पहिलोपटक एकैचोटि एन्टिजिन र पिसिआर परीक्षण गरी कोभिड-१९ संक्रमणको विश्लेषण गर्ने भएको हो । 

    त्यसका लागि नगरपालिकाले करीब ३५ लाख खर्च गर्ने भएको छ भने परीक्षणका लागि ११ हजार किटको व्यवस्था गरिसकेको छ ।

    नगरपालिकाले वडा नंं १ को निर्मल बैंक्युट, २ को महेन्द्र निमावि जातिगाल, वडा नं ३ को वडा कार्यालय कौशल्टार, वडा नं ४ को जनआदर्श क्याम्पस, वडा नं ५ को भुँलाखेल पुरानो वडा कार्यालय, वडा नं ६ को स्वास्थ्य चौकी, वडा नं ७ को स्वास्थ्य चौकी, वडा नं ८ को नर्थ प्वाइन्ट महल र वडा नं ९ को स्वास्थ्य चौकी भवनमा स्वाब संकलन गरिने जनाएको छ ।

    एउटा वडाबाट करिब एक हजार १ सयको परीक्षण गरिने र संक्रमित बढी भएका तथा जोखिमयुक्त क्षेत्रलाई लक्षित गरी परीक्षण केन्द्र निर्धारण गरिएको नगरपालिकाले जनाएको छ ।

    कोरोना संक्रमणको अवस्था समुदायस्तरमा कस्तो छ भन्ने सर्वेक्षण पनि हुनेछ भने सम्भावित कोरोनाको तेस्रो लहरबाट नागरिकलाई जोगाउन तयारी गर्न टेवा पुग्नेगरी नगरपालिकाको निर्णयबाट परीक्षण गरिने भएको हो । परीक्षणका लागि नगरपालिकाले नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको व्यवस्थापनसहित यहाँका स्वास्थ्यकर्मीलाई परिचालन गर्ने भएको छ ।

    प्रत्येक केन्द्रमा चिकित्सक, नर्स, ल्याब टेक्निसियनसहित जिल्ला स्वास्थ्य कार्यालय, नेपाल रेडक्रस सोसाइटीका १८, नेपाल स्काउटका १८ स्वयंसेवक, मध्यपुर, नागरिक र समिट अस्पतालबाट थप छ ल्याब टेक्निसियन गरी १५० जनशक्ति परिचालन गरिने भएको छ । एन्टिजेनको २० मिनेटमा रिपोर्ट आउने र पिसिआर परीक्षणको रिपोर्टसहित २४ घण्टाभित्र दुवै रिपोर्ट सार्वजनिक गरिने भएको छ । 

    पछिल्लो समयमा निषेधाज्ञाका कारण काठमाडौं उपत्यकामा कोभिड संक्रमणको अवस्थामा कस्तो छ भनेर यसलाई विज्ञमार्फत अनुसन्धानका रुपमा मूल्यांकन गर्न सकिनेछ ।

    यसैका आधारमा उपत्यका नगरपालिका फोरमलाई आगामी दिनमा नीति निर्माण बनाउन सहयोग पुग्ने नगरपालिका फोरमका सचिवसमेत रहेका श्रेष्ठको भनाइ छ । 

    सो नगरपालिकामा मात्र कोरोनाको पहिलो र दोस्रो लहरमा सात हजारभन्दा बढी संक्रमित भएका छन् । संक्रमितमध्ये जिल्लामा सबैभन्दा बढी मध्यपुरमा ९१ व्यक्तिको मृत्यु भएको छ ।

  • सम्बन्धित विषय:

  • # भक्तपुर

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology