Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

जाम्बियाका पहिलो राष्ट्रपति काउन्डाको कोरोना संक्रमणबाट निधन

जाम्बियाका पहिलो राष्ट्रपति काउन्डाको कोरोना संक्रमणबाट निधन

  • 418
    SHARES
  • जाम्बियाका पहिलो राष्ट्रपति काउन्डाको कोरोना संक्रमणबाट निधन

    लुकासा । अफ्रिकी मुलुक जाम्बियाका पहिलो राष्ट्रपति केन्नेथ काउन्डाको ९७ वर्षको उमेरमा बिहीबार निधन भएको सरकारी अधिकारीहरुले पुष्टि गरेका छन् । 

    images

    उनलाई उपचारका लागि गत सोमबारदेखि राजधानी लुकासामा रहेको सैन्य अस्पतालमा भर्ना गरिएको थियो । कोरोना भाइरसको संक्रमण भएका काउन्डाको निमोनियाका कारणले निधन भएको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएका छन् ।

    जाम्बियाका राष्ट्रपति एडगर लुंगुले मुलुकका प्रथम राष्ट्रपतिको निधनको खबरले आफू स्तब्ध भएको भन्दै समवेदना प्रकट गरेका छन् ।   

    जाम्बिया बेलायती उपनिवेशबाट मुक्त भएपछि उनी सन् १९६४ मा पहिलो राष्ट्रपतिका रुपमा निर्वाचित भएका थिए । सन् १९५० को दशकमा भएको बेलायती उपनिवेशविरुद्धको आन्दोलनमा प्रमुख आन्दोलनकारी नेताका रुपमा सक्रिय रहेका काउन्डाले सन् १९६४ देखि सन् १९९१ सम्म शासन गरेका थिए । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology