Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

जाल्पा लघुवित्तले आईपीओ जारी गर्ने

जाल्पा लघुवित्तले आईपीओ जारी गर्ने

  • 1.8K
    SHARES
  • जाल्पा लघुवित्तले आईपीओ जारी गर्ने

    काठमाडौं । जाल्पा लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणअनुसार कम्पनीको नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा २ सय ३३ प्रतिशतले वृद्धि भएको हो । 

    images

    कम्पनीले गत आवमा १ करोड ९४ लाख ४२ हजार रुपैयाँँ नाफा कमाएकोमा चालु आवमा वृद्धि भएर ६ करोड २९ लाख ७३ हजार रुपैयाँँ पुगेको छ । चालु आवमा कम्पनीको खुद ब्याज आम्दानी, सञ्चालन नाफा र कम्पनीले ४ करोड ६० लाख ८८ हजार रुपैयँँ खराब कर्जा उठाउन सफल भएकाले नाफा बढ्न टेवा पुगेको हो ।

    गत आवको तुलनामा चालु आवमा कम्पनीको खुद ब्याज आम्दानी १ सय १६ प्रतिशत र सञ्चालन नाफा १ सय १ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको चुक्तापूँजी १० करोड ७८ लाख रुपैयाँँ रहेको छ । चालु आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा २६ करोड ६३ लाख ८७ हजार रुपैयाँ सञ्चित गरेको छ । 

    कम्पनी ५ लाख २२ हजार कित्ता आईपीओ जारी गर्ने तयारीमा रहेको छ । बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको कम्पनीले आवश्यक प्रक्रिया पुरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृति पाएपछि मात्र आईपीओ निष्कासन गर्नेछ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology