Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

उदयपुरमा विषादीयुक्त आँप बिक्री

उदयपुरमा विषादीयुक्त आँप बिक्री

  • 765
    SHARES
  • उदयपुरमा विषादीयुक्त आँप बिक्री

    काठमाडाैं । उदयपुरको सदरमुकाम गाईघाट बजार क्षेत्रमा अहिले केही व्यापारीले विषादीयुक्त पदार्थ मिसाएर पकाएको विषाक्त आँपहरु बिक्री गरिरहेका  छन् ।

    images

    गाईघाट बजारको मुख्य स्थान तथा चोकहरुमा बिहान निषेधाज्ञा खुलेको समयदेखि ११ बजेसम्म यस्ता विषादीयुक्त पदार्थ मिसाएर पकाएको आँपहरु खुलेआम बिक्री भइरहेको गाईघाटका वासिन्दाले बताएका छन् ।

    बिषादीयुक्त पदार्थ मिसाएर पकाएको आँपले उपभोक्ताको स्वास्थ्यमा हानी हुन सक्ने उनीहरुको भनाइ छ । त्रियुगा नगरपालिकाण-११ गाईघाटका सन्तोषी कार्कीका अनुसार आँप किनेर लगेर खाएपछि पखाला लागेको बताए ।

    यस्ता विषादीयुक्त पदार्थहरु मिसाएर पकाएका आंपहरु अहिले प्रतिकिलो सय रुपैयाँभन्दा माथि महंगो मूल्यमा व्यापारीहरुले बिक्री गर्ने गरेको वडा नं  १० बोक्सेका दुर्गा खड्काले बताए । 

    वडा नं ११  जनप्रेमी टोलका कुमार रोकाका अनुसार अहिले गाईघाट बजारमा बिक्री हुने गरेका आँपहरुमध्ये ५० प्रतिशत भारतबाट ल्याउने गरिएको छ ।  

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology