Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

गण्डकीको नाम ‘तमुवान’ राखे सरकार जोगाइदिने आश्वासन दिएका थिएः पूर्वमुख्यमन्त्री गुरुङ

गण्डकीको नाम ‘तमुवान’ राखे सरकार जोगाइदिने आश्वासन दिएका थिएः पूर्वमुख्यमन्त्री गुरुङ

  • 1.6K
    SHARES
  • गण्डकीको नाम ‘तमुवान’ राखे सरकार जोगाइदिने आश्वासन दिएका थिएः पूर्वमुख्यमन्त्री गुरुङ

    काठमाडौं । गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफू नेतृत्वको तत्कालीन सरकारलाई चाहेकाे भए जोगाउन सक्ने खुलासा गरेका छन् ।

    images

    'गण्डकी प्रदेश' को नाम परिवर्तन गरेर 'तमुवान' राखे सरकार जोगाइदिने आवश्वासन आए पनि आफू क्षेत्रीयता र जातीयताको पक्षमा नलागेको बरु मुख्यमन्त्रीबाटै हट्ने निर्णय लिएको जिकिर गरेका छन् ।

    प्रदेश सभामा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मागेको विश्वासको मतमाथि प्रदेश सभामा भएको छलफलमा गुरुङले त्यस्तो बताएका हुन् ।

    ‘मैले प्रदेशको नाम फेरेर तमुवान बनाउन सहमत भएको भए सरकार जोगिन्थ्यो,’ पूर्वमुख्यमन्त्री गुरुङले भने,  ‘म अब त्यो बाटो जान्नँ भनेर मैले चाहिनँ ।’

    गुरुङले गण्डकी प्रदेशमा जातीय सदभाव भट्काउन पटक-पटक प्रयास भएकाले आफू जातीय र क्षेत्रीय सहिष्णुताको पक्षमा उभिँदै आएको बताए । 

    प्रदेशको नाम तमुवान राख्न माग भए पनि आफूले जातीय सदभाव र एकताका लागि प्रदेश- ४ को नाम गण्डकी प्रदेश राख्न जोड गरेको सत्तारुढ नेकपा एमालेका स्थायी समिति सदस्यसमेत रहेका गुरुङको भनाइ छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology