Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

साहित्यकार र कलाकार मुलुकका गौरव : प्रदेश प्रमुख खापुङ

साहित्यकार र कलाकार मुलुकका गौरव : प्रदेश प्रमुख खापुङ

  • 238
    SHARES
  • साहित्यकार र कलाकार मुलुकका गौरव : प्रदेश प्रमुख खापुङ

    काठमाडौं । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले साहित्यकार र कलाकार मुलुकको गौरव भएको धारणा व्यक्त गरेका छन् ।

    आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्तीका उपलक्ष्यमा भानुकला केन्द्र विराटनगरद्वारा आज यहाँ आयोजित बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा  समावेशी बहुजातीय सांस्कृतिक कार्यक्रम उद्घाटन गर्दै प्रदेश प्रमुख खापुङले कलाकार र स्रष्टालाई केन्द्रले प्रत्येक वर्षसम्मान गर्ने गरेकामा खुसी व्यक्त गरे ।

    उनले यस संस्थाले बहुजाति, बहुभाषी बसोबास रहेको यस क्षेत्रमा समावेशी कार्यक्रमको आयोजना गर्नु मुलुक सुहाउँदो भएको प्रतिक्रिया दिए ।

    सो अवसरमा उनले साहित्यकार हरिप्रसाद बराल र पत्रकार तारा आचार्यलाई सम्मान गरेका थिए । केन्द्रकी अध्यक्ष माया पौडेल आशावादी, साहित्यकार दधिराज सुवेदीले आदिकवि भानुभक्त आचार्यको जीवनीमाथि प्रकाश पार्नुका साथै कवि तथा कलाकारले विभिन्न भाषाका कविता वाचन र नृत्य प्रस्तुत गरेका थिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij