Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

खेलाडीले पेयपदार्थका बोतल सारे जरिवाना गर्ने युरोपेली फुटबल संघको चेतावनी 

खेलाडीले पेयपदार्थका बोतल सारे जरिवाना गर्ने युरोपेली फुटबल संघको चेतावनी 

  • 873
    SHARES
  • खेलाडीले पेयपदार्थका बोतल सारे जरिवाना गर्ने युरोपेली फुटबल संघको चेतावनी 

    काठमाडौं । क्रिस्टियानो रोनाल्डो र पउल पोग्बाले जस्तै गरी पुनः फुटबल खेलाडीहरुले पत्रकार सम्मेलनमा प्रायोजकहरुले उपलब्ध गराएका पेय पदार्थका बोत्तलहरु टेबलबाट हटाए भने युरो २०२० मा सहभागी टिमहरूले जरिवाना तिर्नुपर्ने युरोपेली फुटबल संघले चेतावनी दिएको छ ।

    images

    सोमबार पोर्चुगलका कप्तान रोनाल्डोले पानी पिउन प्रोत्साहन गर्दै टेबल अगाडि राखेका कोकाकोलाका बोत्तल हटाएका थिए । त्यसको भोलिपल्ट फ्रान्सका खेलाडी पउल पोग्बाले पनि त्यसैगरी हेन्केन बियरको बोत्तल हटाए । इटालीको मानुएल लोकेटेलीले पनि बुधबार कोकाकोला हटाएर पानी राखेका थिए ।

    युरो कपका आयोजकहरुले बिहीबार भने, 'कार्यक्रमको आयोजना गर्न र युरोपमा महिला तथा युवासहित फुटबलको विकास गर्न प्रायोजकहरुको सहकार्य पनि अभिन्न भएकाले त्यसो नगर्न सहभागी टोलीलाई युइएफएले सम्झाएको छ ।'

    युरो २०२० का निर्देशक मार्टिन कल्लेनले उनले पोग्बाले धार्मिक कारणले बियर हटाएको जस्तो स्थितिबाहेक अन्य अवस्थामा खेलाडीहरु खेलको नियम मान्न बाध्य भएको बताए ।

    खेलाडीहरु अनुबन्धित टोलीलाई सम्झौतासम्बन्धी नियमहरु ख्याल गर्न संघले सम्झाएको भन्दै केल्लिनले खेलाडीहरु अनुशासित हुन सक्ने पनि उनकाे भनाइ छ । अब पुनः याे दाेहाेरिए युरोपेली संघले खेलाडीहरुलाई प्रत्यक्ष जरिवाना गर्ने छैन् तर खेलाडीका राष्ट्रिय संघहरुले यस्ता कार्यको परिणाम ब्यहोर्नेछन् । 

    रोनाल्डोले सोमबार युरो कपअन्तर्गत हंगेरीविरुद्धको खेलअघि पत्रकार सम्मेलनका क्रममा मञ्चमा राखिएका दुईवटा कोकाकोला हटाएर पानीको बोतल राखिदिएका थिए । रोनाल्डोका कारण विश्व बजार ढोकेको अमेरिकी उत्पादन कोकाकोलाले ४ बिलियन डलरको सेयर मूल्य गुमाएको थियो । 

    रोनाल्डोपछि पोग्बाले पनि हटाए बियरको बोत्तल  रोनाल्डोपछि पोग्बाले पनि हटाए बियरको बोत्तल 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology