Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

ट्रक दुर्घटना हुँदा एकको मृत्यु, दुई गम्भीर घाइते

ट्रक दुर्घटना हुँदा एकको मृत्यु, दुई गम्भीर घाइते

  • 259
    SHARES
  • ट्रक दुर्घटना हुँदा एकको मृत्यु, दुई गम्भीर घाइते

    पाँचथर । मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ गाउँपालिका-७ भारपामा आज साँझ ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    दुर्घटनामा परेर दुईजना गम्भीर घाइते भएका छन । मृत्यु हुनेमा हिलिहाङ गाउँपालिका-७ बस्ने ३८ वर्षीय लक्ष्मी तामाङ रहेकी छन ।

    घाइते हुनेहरूमा चालक हिलिहाङ गापा-७ बस्ने ४५ वर्षीय ज्ञानु भन्ने पारसमणि थापा र सोही स्थान बस्ने ३१ वर्षीय जीवन गदाइली रहेका छन ।

    उनीहरूको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी दिवश कुँवरले जानकारी दिए ।

    फिदिमबाट ताप्लेजुङतर्फ जाँदै गरेको ना२ख ९२१५ नंको ट्रक अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल झरेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij