Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

नयाँ राष्ट्रपतिका लागि इरानमा मतदान 

नयाँ राष्ट्रपतिका लागि इरानमा मतदान 

  • 928
    SHARES
  • नयाँ राष्ट्रपतिका लागि इरानमा मतदान 

    इरान । इरानको राष्ट्रपतिका लागि शुक्रबार मतदान भएको छ । इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीको समर्थनप्राप्त कट्टरपन्थी उम्मेदवार नै यस पटकको चुनावमा विजयी हुने अनुमान गरिएको छ । 

    images

    इरानको राष्ट्रपतिमा यसपटक चार जना उम्मेदवार छन् । सर्वोच्च नेता खामेनीले न्यायपालिकाका प्रमुख इब्राहिम राइसीलाई समर्थन गरेकाले उनी नै विजयी हुने मतसर्वेक्षणहरुले देखाएका छन् ।

    राइसीमाथि सन् १९८८ मा बन्दीहरुको सामूहिक हत्याको आरोप छ । साथै राइसीले इरानी न्यायपालिकाको नेतृत्व सम्हालेको अवधिमा इरानमा सबैभन्दा बढीलाई मृत्युदण्ड दिइएको थियो । 

    सर्वोच्च नेता खामेनीको अध्यक्षतामा रहेको उम्मेदवार छनौट समितिले सुधारवादी र पूर्वराष्ट्रपति हसन रुहानीनिकट धेरैलाई उम्मेदवार हुन बन्चित गरेको थियो ।

    सर्वोच्च नेता खामेनीले राजधानी तेहरानमा मतदान गरेका छन् । राष्ट्रपतिका प्रभावशाली उम्मेदवार राइसीले दक्षिणी तेहरानको मस्जिदमा मतदान गरे । राइसीको उम्मेदवारीलाई लिएर इरानका कतिपय नागरिकले असन्तुष्टी जनाएका छन् । 

    करिब आठ करोड जनसंख्या रहेको इरानमा यस पटक पाँच करोड ९० लाख मतदाता रहेका छन् । तर, सरकारसँग निकट इरानी विद्यार्थी संगठनले यस पटक करिब ४२ प्रतिशत मतदान हुने जनाएको छ । यो सन् १९७९ को इस्लामिक क्रान्तिपछिको यो सबैभन्दा न्यून मतदान हुनेछ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology