Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

नाइजेरियामा प्रहरी अधिकारीको हत्या गरेर विद्यालयबाट ८० विद्यार्थी अपहरण 

नाइजेरियामा प्रहरी अधिकारीको हत्या गरेर विद्यालयबाट ८० विद्यार्थी अपहरण 

  • 997
    SHARES
  • नाइजेरियामा प्रहरी अधिकारीको हत्या गरेर विद्यालयबाट ८० विद्यार्थी अपहरण 

    अबुजा । नाइजेरियामा हतियारधारी समूहले एक प्रहरी अधिकारीको हत्या गरेका छन् । साथै उनीहरुले उत्तर पश्चिमी नाइजेरियाको केबी राज्यको एक विद्यालयबाट कम्तिमा ८० विद्यार्थी र शिक्षक अपहरण गरेको स्थानीय बासिन्दाले बताएका छन् ।

    यो घटना बिहीबार केबीको दुर्गम सहर बर्निन याउरीको फेडरल गर्भर्नमेन्ट कलेजमा भएको थियो । यो एक महिनाभन्दा कम समयमा विद्यालयमा सशस्त्र गिरोहले आक्रमण गरेको तेस्रोपटक हो । स्थानीय अधिकारीहरुले यी आक्रमण र अपहरणका लागि फिरौती रकम खोज्ने गिरोह जिम्मेवार रहेको ठहर्याएका छन् ।

    विद्यालयका शिक्षक उस्मान अलियुले बन्दुकधारीले अधिकांश छात्राहरुसहित ८० भन्दा बढी विद्यार्थीहरू लिएर गएको बताए । आक्रमणकारीहरु विद्यालयभित्र जान खोज्दा प्रहरीसँग झडपको क्रममा ती अधिकारीको मृत्यु भएको बताइएको  छ । अपहरणमा परेकाहरुको खोजी भइरहेको छ । 

    सशस्त्र आपराधिक गिरोहहरूले मध्य र उत्तर पश्चिमी राज्यहरूमा लामो समयदेखि लक्षित गर्दै गाउँहरूमा छापा मारेर गाईवस्तु चोर्ने र फिरौतीका लागि अपहरण गर्ने गर्दै आएका छन् । विशेष गरेर विद्यालयबाट सयाैं विद्यार्थी अपहरण गरिरहेका छन् । 

    नाइजेरियामा अपहरणमा परेका २७९ विद्यार्थी रिहा नाइजेरियामा अपहरणमा परेका २७९ विद्यार्थी रिहा नाइजेरियाली विद्यालयबाट अपहरित विद्यार्थीसहित ४२ व्यक्ति रिहा नाइजेरियाली विद्यालयबाट अपहरित विद्यार्थीसहित ४२ व्यक्ति रिहा नाइजेरियाको विद्यालयमा आक्रमण, ३०० भन्दा बढी विद्यार्थीको अपहरण नाइजेरियाको विद्यालयमा आक्रमण, ३०० भन्दा बढी विद्यार्थीको अपहरण

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij