Logo

२०८१, बैशाख ६ गते बिहिवार

२०८१, बैशाख ६ गते बिहिवार

गण्डकी प्रदेशमा मुख्यमन्त्री पोखरेल सुरक्षित 

गण्डकी प्रदेशमा मुख्यमन्त्री पोखरेल सुरक्षित 

  • 1.1K
    SHARES
  • गण्डकी प्रदेशमा मुख्यमन्त्री पोखरेल सुरक्षित 

    काठमाडाैं । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सुरक्षित भएका छन् । शुक्रबार प्रदेश सांसदहरूबाट भएको विश्वासको मतदानमा उनको समर्थनमा बहुमत पुगेपछि मुख्यमन्त्रीमा पोखरेल सुरक्षित भएका हुन् ।

    images

    नेपाली कांग्रेस गण्डकीका संसदीय दलका नेतासमेत रहेका पोखरेललाई आफ्नो दल कांग्रेससहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल (जसपा), राष्ट्रिय जनमोर्चा र एकजना स्वतन्त्र गरी ३१ जना सांसदले विश्वासको मत दिएका छन् । 

    प्रमुख प्रतिपक्षी नेकपा एमालेका २७ जना सांसदले पोखरेललाई मत दिएनन् । गण्डकीमा सभामुख नेत्रनाथ अधिकारीसहित ६० सांसद छन् । मुख्यमन्त्रीमा बहुमत पुर्याउन ३१ सांसद आवश्यक पर्छ ।

    मुख्यमन्त्री पोखरेललाई विश्वासको मत दिनका लागि शुक्रबार बसेकाे गण्डकी प्रदेशसभा अधिवेशनमा ५८ सांसद उपस्थित थिए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology