Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

पछिल्लो २४ घण्टामा २७६८ संक्रमित, ४०२० निको

पछिल्लो २४ घण्टामा २७६८ संक्रमित, ४०२० निको

  • 824
    SHARES
  • पछिल्लो २४ घण्टामा २७६८ संक्रमित, ४०२० निको

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ७ सय ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ७ हजार ५६९ जनाको पीसीआर गर्दा १ हजार ९६३ जनामा र ५ हजार ४६८ जनामा एन्टिजेन परीक्षण गर्दा ८०५ जनामा संक्रमण पुष्टि भएको हो । 

    आज ४ हजार २० जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै ४४ जनाको संक्रमणबाट निधन भएको छ ।

    नेपालमा अहिलेसम्म ६ लाख ४२ हजार ८ सय ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    यससँगै ५ लाख ४९ हजार ६ सय ८२ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् ।

    यससँगै हालसम्म संक्रमणका कारणले निधन हुनेको संख्या ८ हजार ६ सय ४१ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ८९ प्रतिशत रहेको छ ।

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology