Logo

२०७८, श्रावण ११ गते सोमवार

२०७८, श्रावण ११ गते सोमवार

भारतमा कोरोना भाइरसको तेस्रो लहर अक्टुबरमा आउन सक्ने 

भारतमा कोरोना भाइरसको तेस्रो लहर अक्टुबरमा आउन सक्ने 

  • 110
    SHARES
  • भारतमा कोरोना भाइरसको तेस्रो लहर अक्टुबरमा आउन सक्ने 

    नयाँ दिल्ली । दोस्रो लहरबाट विस्तारै तग्रिंदै गरेको भारतमा कोरोना भाइरसको तेस्रो छाल अक्टुबर महिनामा आउन सक्ने सम्भावना रहेको स्वास्थ्य सर्वेक्षणका आधारमा समाचार संस्था रोयटर्सले जनाएको छ । सर्वेअनुसार तेस्रो लहर अहिलको तुलनामा भन्दा व्यवस्थित तरिकाले नियन्त्रण हुने भए पनि कम्तिमा अर्को वर्षसम्म सार्वजनिक स्वास्थ्य जोखिममा पर्न सक्ने छ ।

    जुन ३ देखि १७ सम्म विश्वका ४० जना स्वास्थ्यसेवा विशेषज्ञ, डाक्टर, वैज्ञानिक, भाइरोलजिष्ट, महामारी रोग विशेषज्ञ र प्राध्यापकसँग गरिएको सर्वेमा पछिल्लो समय खोपमा उल्लेखनीय वृद्धि भएकाले तत्कालै सम्भावित प्रकोपलाई केही हट्ने देखिएको छ ।

    सर्वेमा ८५ प्रतिशतले तेस्रो लहर अक्टुबरमा, तीन जनाले अगस्टमा र १२ जनाविज्ञले सेप्टेम्बरमा आउने पूर्वानुमान गरेका थिए । यस्तै, ७० प्रतिशतले अहिलेको जस्तो औषधि, खोप, अक्सिजन र अस्पतालमा बेडको अभावका जस्तो अवस्था पछिल्लो लहरमा नहुने पनि बताए ।

    दोस्रो लहरबाट संक्रमित व्यक्तिमा प्रतिरोधात्मक क्षमता हुने र खोप पनि धेरै व्यक्तिले लगाइसक्ने भएकाले अहिलेको तुलनामा संक्रमण हुने अनुमान गरिएको इन्स्टिट्युट अफ मेडिकल साइन्सेज भारतका निर्देशक रणदीप गुलेरियाले बताए । भारतमा अहिलेसम्म जम्मा ५ प्रतिशत जनसंख्याले मात्र खाेप पाएकाे छ । 

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology