Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

रुकुम पश्चिममा पहिलोपटक ब्लड बैंक सञ्चालनमा

रुकुम पश्चिममा पहिलोपटक ब्लड बैंक सञ्चालनमा

  • 233
    SHARES
  • रुकुम पश्चिममा पहिलोपटक ब्लड बैंक सञ्चालनमा

    रुकुम । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा पहिलोपटक ब्लड बैंक सञ्चालनमा आएको छ । नेपाल रेडक्रस सोसाइटी चौरजहारी शाखाको पहल र चौरजहारी नगरपालिकाको लगानीमा वडा नं १ मा ब्लड बैंक सञ्चालनमा आएको हो ।

    दुई वर्ष अघि ब्लड बैंक स्थापनाको तयारी भए पनि बीचमा यो काम अलपत्र परेको थियो । अलपत्र परेको ब्लड बैंक निर्माण हाल पूरा भएको रेडक्रस चौरजहारी शाखाका कोषाध्यक्ष गोपाल लामिछानेको भनाइ छ ।

    ब्लड बैंक निर्माणका लागि हालसम्म ४० लाख खर्च भइसकेको छ । जसमध्ये भवन निर्माणमा २८ लाख र बाँकी रकम उपकरण व्यवस्थापनमा खर्च भएको लामिछानेले जानकारी दिए ।

    भवन निर्माणसहित शय्या, फर्निचर, कार्यालय व्यवस्थापन, सोलार, तारबारलगायतका काम  सोही बजेटबाट भएको छ । ब्लड बैंक स्थापना भएपछि अब चौरजहारी अस्पताल र जिल्ला अस्पताल सल्लेमा रगत अभाव नहुने विश्वास लिइएको छ ।

    हाल सुत्केरी, गर्भवती, विभिन्न दुर्घटनामा परेका घाइते तथा विभिन्न बिरामीलाई रगत आवश्यक पर्दा विभिन्न व्यक्तिलाई गुहार्नुपर्ने बाध्यता छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij