Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

म्याग्दीमा व्यावसायिक केराखेती फस्टाउँदै

म्याग्दीमा व्यावसायिक केराखेती फस्टाउँदै

  • 219
    SHARES
  • म्याग्दीमा व्यावसायिक केराखेती फस्टाउँदै

    म्याग्दी । म्याग्दीमा पछिल्लो समय केरा खेती फस्टाउँदै गएको छ । यहाँका किसानले आयआर्जन गर्न व्यावसायिकरुपमा केराखेती गर्न थालेका हुन ।

    म्याग्दीका ६ वटै स्थानीय तहमा केराखेती गर्ने क्रम बढ्दो छ । जिल्लाका दुई सय १४ किसानले व्यावसायिकरुपमा केराखेती गर्दै आएको तथ्यांक छ । उनीहरुले वार्षिक छ लाखदेखि १३ लाखसम्म आम्दानी गरेका छन ।

    बेनी नगरपालिका-२ खबराका सोभित सापकेटा कृषि फार्म दर्ता गरी केराखेती थालेको बताए । चौध रोपनी जग्गामा लगाएको केराखेतीबाट वार्षिकरुपमा  १० लाखसम्म आम्दानी हुने गरेको जानकारी दिए ।

    सापकोटाको केराखेतीबाट प्रभावित बनेर गाउँका अन्य किसान पनि व्यावसायिकरुपमा केराखेती गर्न थालेका छन । थोरै लगानीमा छिटो आम्दानी गर्न सकिने, बिक्री गर्न सजिलो हुनेलगायत कारणले किसान व्यावसायिक केराखेतीतर्फ आकर्षित भएका हुन ।

    ‘उत्पादन भएको केरा सहजै बिक्री हुन्छ, बजारको समस्या छैन’, सापकोटाले भने । केराखेतीमा लागेपछि यहाँका बासिन्दाको आर्थिक अवस्थामा सुधार आएको छ । खबराका एक सय ६० परिवार केराखेती गर्दैआएका छन ।

    खबरामा दुई दशकअघि मानबहादुर थापा र चन्द्रबहादुर कार्कीले व्यावसायिकरुपमा केराखती थालेका छन । दुवै जनाको सिको गरेर हाल सबैले केराखेती थालेका छन । उनीहरु अधिकांशले हजारी जातको केराखेती गरेका छन ।

    खबराका किसानबाट प्रभावित भएर बगरफाँटका बासिन्दा पनि व्यावसायिक केराखेतीमा लागेका छन । ‘धान, कोदो, मकै र गहुँभन्दा केराबाट पर्याप्त आम्दानी गर्न सकिन्छ’, कार्कीले भने । उत्पादित केरा घरबाटै बिक्री हुने गरेको उनले बताए ।

    ‘केरा किन्न बेनीदेखि व्यवसायी घरमै आउँछन्, प्रतिदर्जन एक सय २० मा बिक्री हुन्छ’, कार्कीले भने । खबराकै अर्का किसान हरि कुँवरले पनि १० रोपनी जमिनमा केराखेती गरेका छन । केरा बिक्री गरेर वार्षिक छ लाखसम्म आम्दानी हुने गरेको उनको भनाइ छ ।

    आम्दानी हुन थालेपछि अहिले गाउँ नै केरा खेतीले ढाकेको छ । खेतबारी, पाखा, कान्ला र खोल्सा सबैतिर केरा खेती गरिएको कार्कीले जानकारी दिए । बेनी-२ बगरफाँट गाउँका किसानले धान फल्ने खेतमा केराखेती गरेका छन ।

    धान, गहुँ र मकैबालीको विकल्पमा उनीहरुले केराखेती गरेर आयआर्जनको माध्यम बनाएका छन । बेनी-२ खबरा र बगरफाँट, रघुगंगा गाउँपालिका-२ राममन्दिर, माझखर्क र रिसिन चौतारी केराखेतीको पकेट क्षेत्रका रुपमा चिनिएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij