वेबटिभी खबर
काठमाडौं । दिउँसै राजधानी काठमाडौंको सिनामंगलस्थित खोटाङ ज्वेलर्सको अघिल्तीर बमजस्तो बस्तु राखेको आरोपमा प्रहरीले एक जना शंकास्पद व्यक्ति पक्राउ गरेको छ । सेनाले शंकास्पद बस्तुलाई निस्क्रिय बनाएको थियो ।
टेपले बेरबार पारेर तार निकालेकोले बम हुनसक्ने संभावनाका कारण सेनाको बम डिस्पोजल टोली उक्त स्थानमा निस्क्रिय पार्न परिचालन भएको थियो । तर उक्त बस्तु बम नभएर तर्साउने उदेश्यले मात्र राखिएको पाइएको छ ।
प्रहरीले उक्त स्थानबाट एक जना शंंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ । शंकास्पद वस्तु नजिकै हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीको एउटा पर्चा पनि फेला परेको थियो । काठमाडौंका प्रहरी कार्यालयका एसपी एवं प्रवक्ता सीताराम रिजालले घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जनकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij