Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

हात्तीसँग सेल्फी खिच्दा ज्यानै गयो 

हात्तीसँग सेल्फी खिच्दा ज्यानै गयो 

  • 695
    SHARES
  • हात्तीसँग सेल्फी खिच्दा ज्यानै गयो 

    मोरङ । हात्तीसँग फोटो खिच्ने क्रममा एकजनाको ज्यान गएको छ । शुक्रबार बिहान सुनवर्षी नगरपालिकामा भारततर्फबाट आएको एउटा हात्तीसँग सेल्फी खिच्ने क्रममा वडा नम्बर-८ का मनोहर मियाँको मृत्यु भएको हो । नगर प्रमुख कालीप्रसाद दासकाअनुुसार हात्ती देखिएपछि गाउँलेले फोटो खिच्दै गर्दा हात्तीले आक्रमण गरेको थियो ।

    images

    बिहान करिब ७ बजे भएको सो घटनामा घाइते भएका २१ वर्षीय मियाँको मृत्यु भएको हो । सेल्फी खिच्ने क्रममा हात्तीको आक्रमणमा परेका उनलाई घाइते अवस्थामा विराटनगरको न्युरो अस्पतालमा उपचारका लागि पुर्याउनसाथ मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology